• मंसिर १५, २०७९
  • जुनकिरी खबर

काङ्ग्रेसका ज्ञानेन्द्र बहादुर कार्की ३० हजार ४८३ मत सहित विजयी

alt

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभा तर्फ नेपाली काङ्ग्रेसका ज्ञानेन्द्र बहादुर कार्की ३० हजार ४८३ मत सहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका जगदीश प्रसाद कुसियैतले ३० हजार ३७१ मत ल्याए । ११२ झिनो मतान्तरले काङ्ग्रेस उम्मेदवार कार्की विजयी  भएका हुन् ।
 
नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री समेत रहेका ज्ञानेन्द्रबहादुर कार्की लगातार दोस्रो पटक  प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।  कार्कीले २०७४ सालको निर्वाचनमा एमालेका रमेश श्रेष्ठलाई पराजित गरेका थिए । बिहीबार बिहान सम्पन्न भएको मतगणना अनुसार ३० हजार ४ सय ८३ मत प्राप्त गर्दै कार्की विजयी भएका हुन । १ लाख २८ हजार ६५ मतदाता रहेको सुनसरी क्षेत्र नं. ४  प्रतिनिधि सभामा ८१ हजार २ सय ३३ मत खसेको निर्वाचन आयोगले जानकारी दिएको छ । 
 
सुनसरी-४ मा वराहक्षेत्र नगरपालिकाको ६ देखि ११ वडाहरू,  रामधुनी नगरपालिको ४ नम्बर वडा, कोसी गाउँपालिका, हरिनगर गाउँपालिकाको १ देखि ७ सम्मका वडाहरू, भोक्राहा गाउँपालिका, इनरुवा नगरपालिकाको ३, ४ र ८ नम्बर वडाहरू पर्दछन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]