• मंसिर १६, २०७९
  • जुनकिरी खबर

प्रदेश १ मा सरकार बनाउन कसले मार्ला बाजी?

alt

प्रदेश १ मा नेकपा एमाले पहिलो दल बनेको छ। तर उसले स्पष्ट बहुमत नपाउँदा सरकार गठन प्रक्रिया लम्बिने देखिन्छ। समानुपातिक सिटसहित ३९ सिट जितेको एमालेले सरकार बनाउन कम्तिमा ४७ सिट जुटाउनुपर्ने छ।

प्रदेश १ मा ५६ प्रत्यक्ष र ३७ समानुपातिकसहित ९३ सिट रहेको छ। सरकार बनाउनका लागि ४७ सिट आवश्यक पर्छ। एमालेले सरकार गठनका लागि राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी (जसपा)को समर्थन लिन सक्नेछन्। समानुपातिक सिटसहित राप्रपा ६ र जसपासँग एक सिटमात्र रहेको छ। सबै संख्या जोड्दा एमालेसँग ४६ सिट हुन्छ। सरकार बनाउन एमालेसँग एक सिट आवश्यक पर्ने देखिन्छ। यद्यपि समानुपातिक सिट संख्या बाँडफाँड भइसकेको छैन। एमाले नेताहरूले भने प्रदेश १ मा सरकार बनाउने दाबी गरिरहेका छन्।

यता संघमा सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेस आफ्नै नेतृत्वमा सरकार बनाउने तयारीमा जुटेको छ। उसले हालकै गठबन्धन र केही साना दललाई समेत समेटेर सरकार बनाउने तयारीमा जुटेका छन्। गठबन्धनका नेताहरूले भने संघ र सातवटै प्रदेशमा सरकार बनाउने दाबी गरिरहेका छन्।

प्रदेश १ मा कांग्रेले समानुपातिक सिटसहित २९ सिट जित्ने देखिन्छ। त्यस्तै माओवादी १३ र माओवादी ४ सिट जित्ने देखिन्छ। गठबन्धनको पक्षमा समेत ४६ सिट पुग्ने देखिन्छ। समानुपातिकको एक सिट भने कुन पार्टीलाई जाने अहिलेसम्म एकीन हुन नसकेको नेताहरुले बताएका छन्।

'अहिलेसम्मको हिसाबमा एमाले र कांग्रेस नेतृत्वको गठबन्धनको सिट संख्या बराबर देखिन्छ। समानुपातिकतर्फ 'रिजर्भ' देखिएको एक सिट कुन पार्टीलाई जाने भन्ने ठम्याउन सकिएको छैन,' गठबन्धनका एक नेताले भने। निर्वाचन आयोगले सिट बाँडफाँड गरेपछि मात्र कुन पक्षमा बहुमत पुग्ने भन्ने निर्क्योल लाग्ने उनको भनाइ छ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]