• साउन २६, २०७६
  • जुनकिरी खबर

डेंगु नियन्त्रण गर्न आर्थिक सङ्कट

alt

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई डेंगु रोग नियन्त्रण गर्न आर्थिक सङ्कट देखा परेको छ । आव २०७५/७६ को हालसम्म ३ हजार ४२५ मा रोग देखा परिसकेको छ । तीमध्ये ३ हजार जना सुनसरी जिल्लाका मात्र रहेका छन् ।

सङ्घीयता कार्यान्वयनसँगै किटजन्य रोग नियन्त्रण तथा रोकथाममा समन्वय गर्दै आएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार ‘लामखुट्टे खोज र नष्ट गर’ थप कार्यक्रम कार्यान्वयनमा मन्त्रालयलाई आर्थिक सङ्कट देखिएको हो। गत वर्ष महाशाखाले प्रदेश तहमा रु छ करोड १७ लाख, विभिन्न स्थानीय तहमा रु एक करोड ६६ लाख र महाशाखाले रु एक करोड ७१ विनियोजन गरेको थियो।


यस वर्ष उक्त क्षेत्रमा खासै रकम वृद्धि नभएको बताइएको छ। महाशाखाका निर्देशक चिकित्सक विवेककुमार लालले भने, “डेंगु रोग नियन्त्रण गर्न थप रकम, जनशक्ति तथा किटबक्स चाहियो भनेर सामाजिक विकास मन्त्रालय र स्थानीय तहबाट पत्र आउँछ। समायोजनका कारण महाशाखामा थप जनशक्ति छैन। किटबक्स पठाइ सकियो। ती निकायलाई थप पैसा कहाँबाट दिनु? अर्थमन्त्रालयलाई भन्यो भने बजेटको सिलिङ् त्यति हो भन्दछ।”

उनले कार्यक्रमका लागि के कति रकम अपुग भएको हो कुनै जानकारी दिएन। एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु रोग पछिल्लो समय नेपालमा अनियन्त्रित रुपमा बढ्दैछ। चितवनमा सन् २००४ मा पहिलो पटक देखा परेका डेंगु मनाङ, मुस्ताङ, जुम्लालगायतका केही हिमाली जिल्लामा मात्र देखा परेको छैन। महाशाखा प्रमुख डा लालले हिमाली केही जिल्लाबाहेक अधिकांश जिल्लामा डेंगु देखा परिसकेको जानकारी दिँदै सहरी क्षेत्र उच्च जोखिममा रहेका बताए।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]