• मंसिर १६, २०७९
  • जुनकिरी खबर

उषा राईका हत्यारालाई कारवाहीको माग गर्दै धरानबासी आन्दोलित

alt

धरान १३ कि  एकल महिला उषा राईको हत्यामा संलग्न अभियुक्तलाई तत्काल पक्राउ गरी कारवाहीको माग गर्दै स्थानीय आन्दोलित भएका छन् । धरान १३ सूर्यमार्गमा भेला भएका महिलाले नारा जुलुस लगाउँदै हत्यमा संलग्नलाई तत्काल पक्राउ गर्न माग गरेका छन् ।

आन्दोलनकारीले नारा जुलुस लगाउँदै प्रहरी कार्यालय घेराउ गरेपछि केहीबेर तनाव भएको थियो । नारा जुलुस लगाउँदै धरान बजार परिक्रमा गरेका आन्दोलनकारीले इलाका प्रहरी कार्यालय धरानमा धर्ना दिएका छन् । उषाको हत्यमा दर्जन बढी  जनजागृती आमा समूहका पदाधिकारीले हत्या गरेको भन्दै ती सबैलाई पक्राउ गर्नुपर्ने महिला अधिकारकर्मी गोमा तामाङले बताइन् । उनले हत्यामा संलग्नलाई प्रहरीले पक्राउ नगरेकाले दबाबस्वरुप आन्दोलन गरेको बताइन्।

इलाका प्रहरी कार्यालय धरानका डीएसपी बुद्ध श्रेष्ठले हत्यामा संलग्न मुख्य अभियुक्त उर्मिला राईलाई पक्राउ गरी अनुसन्धान थालेको बताए । उनले प्रहरीले कानुनी कारवाही अगाडि बढाइरहेको अवस्थामा उषाको हत्याको विषयलाई राजनीतिकरण गरी अनावश्यक दबाब सिर्जना गरिएको बताए । 

डीएसपी श्रेष्ठले उषाको हत्यामा संलग्न सबैलाई पक्राउ गरी कारवाही गरिने भएकाले सबैलाई संयमित हुन अग्रह गरेका छन् । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]