• साउन २६, २०७६
  • जुनकिरी खबर

ठूलो दुर्घटना टर्‍यो

alt

सय तलाको भवनभन्दा ठूलो एउटा आकशीय पिण्ड पृथ्वीमा झर्ने खतरा हालका लागि टरेको छ । वैज्ञानिकहरु यो पिण्ड पृथ्वीमा खस्ने सक्ने भन्दै चिन्तित थिए । यो पीण्ड आइफल टावरभन्दा ठूलो थियो ।

१० हजार ४ सय माइल प्रति घण्टाको दरले अन्तरिक्षमा घुमिरहेको उक्त आकशीय पिण्ड शनिबार पृथ्वी नजिकैबाट गएको हो। पृथ्वीदेखि ४.६ मिलियन माइलको दूरीमा हुँदै उक्त पिण्ड आफ्नो कक्षमा गएको थियो। यो ४.६ मिलियन माइल दूरी अन्तरिक्षमा धेरै नजिकको हो।भिडियो फुटेजमा १.८६० किलोमिटर व्यास भएको उक्त आकशीय पीण्ड पृथ्वीको नजिक हुँदै गएको थियो।


यो आकशीय पिण्डको नाम २००६ क्यूक्यू२३ (2006 QQ23)रहेको छ। सन् २००६ को अगस्टमा यो पिण्डको पहिचान भएको थियो।

यो घटनापछि विश्वका वैज्ञानिकहरुले पृथ्वी धेरै ठूलो दुर्घटनाबाट जोगिएको बताएका छन्। उनीहरुले यदि उक्त आकशीय पिण्ड पृथ्वीमा ठोक्किएको भए त्यसको प्रभाव कुनै आणविक बमभन्दा ५ सय गुणा बढीले हुने द सन्डे एक्सप्रेसले उल्लेख गरेको छ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]