• पुस ८, २०७९
  • जुनकिरी खबर

बराहक्षेत्रमा जंगली हात्ती मृत अवस्थामा भेटियो

alt

बराहक्षेत्र / सुनसरीको बराहक्षेत्र नगरपालिका–२ स्थित कौशिका सामुदायिक वन क्षेत्रमा शुक्रबार बिहान एक जंगली हात्ती मृत अवस्थामा फेला परेको छ ।

अन्दाजी २५– ३० वर्षको देखिने दाह्रा निस्किएको मत्ता मृत अवस्थामा फेला परेको जानकारी स्थानीयले दिएको सब डिभिजन वन कार्यालय नडाहाका रेन्जर लेखनाथ भण्डारीले बताए । कानमा तीनवटा प्वाल रहेको र ट्याग लागेको अवस्थामा मत्ता मृत फेला परेको उनले बताए ।

वन कार्यालयका कर्मचारी खेमराज हाछेथुले उक्त हात्ती भारतको आसाम हुँदै पूर्वमेची नदी पार गरेर नेपाल छिरेका हुन् वा कोसीटप्पु वन्यजन्तु आरक्षबाट निस्केको हो भन्ने विषयमा एकिन गर्न नसकिएको बनाए । दुर्गन्धित अवस्थामा फेला परेकाले करिब तीन चार दिनअघि नै मरेको हुन सक्ने अनुमान गरिएको छ ।

वन कर्मचारी, प्रहरी, जनप्रतिनिधि र स्थानीयको रोहवरमा मुचुल्का उठाइएको छ । कोसीटप्पु वन्यजन्तु आरक्षबाट विज्ञ टोली आएपछि उक्त मत्ताको पोस्टमार्टम गर्ने तयारी भइरहेको वन कार्याययले जनाएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]