• पुस १०, २०७९
  • जुनकिरी खबर

एमाले प्रदेश १ संसदीय दलको नेतामा हिक्मत कार्की

alt

विराटनगर / नेकपा एमाले प्रदेश १ संसदीय दलको नेतामा हिक्मत कार्की चयन भएका छन्। एमाले प्रदेश १ संसदीय दलको आज बसेको बैठकबाट कार्की निर्विरोध निर्वाचित भएका छन्।

प्रदेश सांसद रेवतीरमण भण्डारीका अनुसार तिलकुमार मेन्याङ्बोको प्रस्ताव र रेवतीरमण भण्डारीको समर्थनमा कार्की निर्विरोध नेता निर्वाचित भएका हुन्।

यसअघि मेन्याङ्बो पनि दलको नेताको दाबेदार थिए। उनकै समर्थन झापा ५९१० बाट दोस्रो पटक निर्वाचित कार्की दलको नेता बनेका हुन्।

जेष्ठ सदस्य रेवत कार्कीको अध्यक्षतामा बसेको बैठकले दलको उपनेता, सचेतक, उपसचेतक पछि बस्ने बैठकबाट चयन गर्ने निर्णय गरेको छ।

सोही बैठकले एमालेको नेतृत्वमा सरकार गठनका लागि अन्य दलहरसँगको सम्वाद र छलफल गर्ने पाँच सदस्यीय वार्ता तथा छलफल समिति पनि गठन गरेको छ। एमाले प्रदेस १ संसदीय दलका नेता हिक्मत कार्कीको संयोजकत्वमा ५ सदस्यीया वार्ता टोली गठन गरेको छ।

आज बसेको संसदीय दलको बैठकले तिलकुमार मेन्यङ्वो, रेवतीरमण भण्डारी, सिर्जना राई र लिलाबल्लभ घिमिरे सदस्य रहेको वार्ता टोली गठन गरेको हो।

बैठकले सो समितिलाई सरकार गठनको विषयमा अरु दलसँग वार्ता गर्ने टोलीका सदस्य भण्डारीले जानकारी दिए।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]