• साउन २७, २०७६
  • जुनकिरी खबर

कोसी उच्च बाँधबारे कांग्रेसको ध्यानाकर्षण

alt

प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता राजीव कोइरालाले भारत सरकारले कोसी उच्च बाँधको विस्तृत अध्ययन गर्ने विषयबारे सदनलाई जानकारी गराउन प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।

‘भारत सरकारले बजेट भाषणमा ७ सय करोड भारतीय रुपैयाँ कोसी उच्च बाँधको विस्तृत अध्ययन प्रतिवेदनका लागि विनियोजन गरेको छ,’ उनले भने, ‘यसले यो प्रदेशमा के कस्तो क्षति हुन्छ लगायत पक्षका बारेमा सदनलाई जानकारी गराइयोस् ।’

कोसी उच्च बाँध संघीय सरकारको मुद्दा हुँदैमा प्रदेश सरकार मौन भएर बस्न नमिल्ने उनको भनाइ थियो । उनले भारतमा यहाँबाट बगेर जाने पानीलाई ‘वाटर बम’ भनिने र यो बमलाई रोक्नका लागि उच्च बाँध बनाउन खोजेकोबारे प्रदेश सरकारको ध्यानाकर्षण हुनु आवश्यक रहेको बताए ।


यस्तै, उदयपुर, सुनसरी र प्रदेश २ को सप्तरी जिल्लाका कोसी पीडितहरूको आन्दोलन भुसको आगोझै चर्किन थालेको प्रति प्रदेश सरकारलाई चनाखो हुन कोइरालाले आग्रह गरे । ‘कोसी सम्झौतापछि भएको जमिनको क्षतिको मुआब्जा नपाएका किसानले चरणबद्ध आन्दोलन अघि बढाइरहेकाले प्रदेश सरकारको ध्यानाकर्ष हुनु आवश्यक छ,’ उनले भने ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]