• पुस २९, २०७९
  • जुनकिरी खबर

पकली माविको व्यवस्थापन समितिको अध्यक्ष छान्न ढिलाइ

alt

इटहरी । सुनसरीको इटहरी १७ स्थित पकली माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समितिको लागि सदस्य चयन गरेको १० दिन बितिसक्दा पनि अध्यक्ष पदको टुङ्गो लाग्न सकेको छैन । शिक्षा ऐन २०७२ को दफा १२ क अनुसार २ पुरुष २ महिला सहित ४ जना अभिभावकबाट अध्यक्ष छनौट गर्नुपर्ने हुन्छ ।  पौष १९ गते ४ जना सदस्य निर्वाचित भएपछि सोही ४ जनाले दफा १२ ग अन्य २ जना पनि मनोनयन गरिसकिएको छ । जस्मा निर्वाचित भएर आएका खुसीराम चौधरी , राजेन्द्र ओझा ,  केबल कुमारी राई र विष्णु ढकाल छन् । यस्तै मनोनयनमा परेका निवर्तमान अध्यक्ष विनोद झा र रिता सुबेदी छन् ।  
 
जस मध्येबाट अध्यक्ष बन्नका लागि शिक्षा नियमावली नबौ संशोधन २०७७ को दफा २९ को उपदफा ग अनुसार माध्यमिक  तहको विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष हुनका लागि कम्तीमा एसएलसी पास गरेको हुनु पर्ने छ भनेर उल्लेख गरिएको छ ।  त्यसका लागि योग्यता पुगेका एक मात्र सदस्य खुसीराम चौधरी योग्य सदस्य हुँदा हुँदै पनि अझै अध्यक्ष चयनमा आनाकानी भइरहेको हो । निवर्तमान अध्यक्ष विनोद झा फेरी पनि अध्यक्ष बन्न उनले नै बैठक बोलाउन आनाकानी भइरहेको बताइएको छ । 
 
 
हाल जाडो बिदा भएकोले  र प्रधानाध्यापकको कार्य ब्यस्तताको कारण अहिलेसम्म बैठक बस्न नसकेको  निवर्तमान अध्यक्ष विनोद झा बताउनु हुन्छ । उनका अनुसार शिक्षक प्रतिनिधि छनौट गर्दा २ जना शिक्षक प्रतिनिधि बन्न खोजेकोले पनि ढिलो बताए । अध्यक्ष चयन निष्पक्ष हुने र सर्बसम्बतबाट जे निर्णय हुन्छ त्यो आफू स्विकार्न तयार रहेको झाँको भनाई छ । 
 
खुसीरामका परिवारले पकली माध्यमिक विद्यालयलाई करिब साँढे तिन कठ्ठा जग्गा पनि दान गरेका छन् । खुसीरामले आफूलाई पार्टीगत रूपमा अध्यक्ष बन्न रोक्न झाले अनेक कारण देखाउँदै बैठक नबोलाएको बत्ताउँछन् । अध्यक्ष शिक्षा नियमावली अनुसार बन्नु पर्ने उनको भनाई छ । झा व्यवस्थापन समितिको अध्यक्ष बन्न योग्य नभएको चौधरीको आरोप छ । 
 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]