• पुस २९, २०७९
  • जुनकिरी खबर

प्रधानमन्त्री कप महिला टी–२० क्रिकेटको पहिलो खेलमा प्रदेश एक विजयी

alt

इटहरी / प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२०  क्रिकेटको पहिलो खेलमा प्रदेश एक विजयी भएको छ ।

इटहरीस्थित जनता क्रिकेट पार्कमा शुक्रबार(आज) बिहान भएको उद्घाटन खेलमा प्रदेश १ ले मधेस प्रदेशलाई ९ विकेटले पराजित गरेको हो।

मधेशले दिएको ५० रनको झिनो लक्ष्य प्रदेश एकले ११.१ ओभरमा १ विकेटको क्षतिमा पुरा गर्यो। काजल श्रेष्ठले २४ र कप्तान रुबिना क्षेत्रीले अविजित २० रन जोडे।

पहिले ब्याटिङ गरेको मधेस १९.२ ओभरमा ४९ रनमा अलआउट भएको थियो।  प्रदेश एक सबनम राईले ४, रुबिना क्षेत्री र निशा राईले २–२ तथा ज्योति दनुवार, तथा अलिशा खडियाले १–१ विकेट लिए।

अर्को खेलमा सुदूरपश्चिम र बागमतीबीच प्रतिस्पर्धा हुँदैछ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]