• माघ ५, २०७९
  • जुनकिरी खबर

कोसी अस्पतालमा जीवित शिशुलाई मृत घोषणाको अनुसन्धान गर्न छानबिन समिति गठन

alt

कोसी अस्पतालमा जीवित शिशुलाई मृत घोषणामाथि अनुसन्धान गर्न तीन सदस्य छानबिन समिति गठन गरेको छ।

कोसी अस्पतालको इमर्जेन्सीमा उपचारका लागि लगिएको १८ दिने शिशुको धड्कन बन्द भएको भन्दै मेडिकल अफिसर डाक्टर आकाश यादवले मृत घोषणा गरेका थिए।

सोही घटनाको अनुसन्धान गर्न बिहीबार तीन सदस्य छानबिन समिति गठन गरेको हो। बाल रोग विशेषज्ञ डा. प्रवीण झाको नेतृत्वमा बाल रोग विशेषज्ञ डा. सूर्यकान्त चौधरी र एकजना प्रशासनका कर्मचारी रामप्रसाद नेपाल रहने गरी छानबिन समिति गठन भएको छ।

छानबिन समितिले सात दिनभित्र घटनाको छानबिन गरी प्रतिवेदन बुझाउने कोशी अस्पतालका सूचना अधिकारी रामप्रसाद नेपालले जानकारी दिए। र घटनाको छानबिन बिहीबारबाट सुरु हुने अस्पताल प्रशासनले जनाएको छ।

जहदा गाउँपालिका ३ का १८ दिने नवजात शिशुलाई श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि कोसी अस्पताल लगिएको थियो। अस्पतालको आकस्मिक कक्षमा रहेका डाक्टर आकाश यादवले शिशुको उपचारमा संवेदनशीलतापूर्वक उपचार नगरी मृत घोषणा गरिएको भन्दै ती शिशुका बुवा दिलीप मुखिया र आमा उमा मुखियाको आरोप छ।

चिकित्सकले बच्चाको मृत्यु घोषणा गरेसँगै अस्पतालमा तनावग्रस्त भएको थियो। तर, जब उनको आफन्तले बच्चालाई आकस्मिक कक्षबाट बाहिर ल्याए त्यही समय मृत्यु भएको भनिएको शिशु चलमलाएका थिए। अहिले ती शिशुलाई विराटनगरस्थित गोल्डेन अस्पतालको एनआइसियूमा राखेर उपचार भइरहेको छ।

जीवित शिशुलाई मृत घोषणा गर्ने मेडिकल अफिसर डाक्टर आकाश यादवसहित तीनजना स्वास्थ्यकर्मीलाई जिम्म्वारीबाट रोक लगाइएको छ।बुधबार आकस्मिक कक्षमा खटिएको डाक्टर यादवसहितको टिमलाई अस्पतालले स्पष्टीकरणसमेत सोधिएको अस्पतालका सूचना अधिकारी रामप्रसाद नेपालले जानकारी दिए।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]