• माघ ८, २०७९
  • जुनकिरी खबर

भारत मामाघर गएका दुई नेपाली युवकको अपहरण गरी हत्या

alt

भारतमा दुई नेपाली युवकको हत्या भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ र १३ का दुई युवकको सीमावर्ती भारतीय गाउँ सीतामढीमा हत्या भएको हो ।

हत्या हुनेमा जनकपुरका २२ वर्षीय रोहित साह र २३ वर्षीय विष्णु साह रहेका छन् । रोहित र विष्णु छिमेकी अनि मिल्ने साथी थिए ।

पुस २७ गते दुवै जना रोहितको मामाघर परिहार जानका लागि घरबाट निस्केका थिए । परिहार सीतामढी जिल्लाको बेला थाना अन्तर्गतकै गाउँ हो ।

उनीहरुको अपहरणपछि हत्या भएको प्रहरीले जानकारी दिएको छ । उनीहरु मामाघर पुग्नुअघि नै अज्ञात समूहले उनीहरुको अपहरण गरेर ५० लाख फिरौती मागेका थिए ।

उनीहरुले फिरौती रकमसमेन नलिइ युवकहरुको हत्या गरेका हुन् । प्रहरीले अपहरणमा संलग्न मध्ये २ जनालाई नेपालमा र भारतमा २ जनालाई पक्राउ गरेको छ। २ जनालाई भारतमै भारतीय प्रहरीले पक्राउ गरेको छ ।

यस्तै घटनामा अन्य ४ जनाको पनि संलग्नता खुलेको छ। तर उनीहरू फरार छन्।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]