• साउन २७, २०७६
  • जुनकिरी खबर

मिथिलाञ्चल क्षेत्रमा झुला महोत्सव सुरु

alt

झुला महोत्सव मिथिलाञ्चल क्षेत्रमा सुरु भएको छ । प्रदेश नम्बर २ को राजधानी जनकपुरधाममा महोत्सवको शुभारम्भ गरिएको हो ।

झुला उत्सव रक्षा बन्धन अर्थात पूर्णिमासम्म मनाइन्छ । जानकी मन्दिर, राम मन्दिरसहितको मन्दिरहरुबाट भगवान राम र जानकीको डोला स्थानीय रंगभूमि मैदानमा ल्याएर पूजा र आरतीपछि नगर परिक्रमा गराउंदै महोत्सव सुरु गरिएको हो ।

जनकपुरमा झुला उत्सवको आरम्भ जानकी मन्दिरका आदि महन्थ सुरकिशोर दासबाट भएको जनविश्वास रहिआएको छ । जनकपुरको जानकी मन्दिर, राम मन्दिर, लक्ष्मण मन्दिर, सुन्दर सदन, दुलहा–दुलही मन्दिर, रत्न सागर, रसिक निवास, अग्नि कुण्ड लगायत दर्जनौं मठ मन्दिर र कुटीमा झुला उत्सव भव्यवताका साथ मनाइदैंछ ।

जनकपुरको मठमन्दिर अतिरिक्त भक्तजनले झुला उत्सवका अवसरमा घरमा समेत भगवानलाई आसनमा राखेर झुलाउने परम्परा विकसित भएको छ । झुला महोत्सवका लागि जनकपुरका मठमन्दिरमा भव्य सजावट गरि साँझ सांस्कृतिक कार्यक्रम आयोजना हुँदै आएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]