• माघ १०, २०७९
  • जुनकिरी खबर

मिस प्रदेश ट्यालेन्ट हन्ट रियालिटी सो हुने

alt

मिडिया ग्यालरी प्रालीले आयोजना गर्न लागेको मिस प्रदेश ट्यालेन्ट हन्टको अडीसन राउण्डको लागि अनलाइन फर्म सुरु हुने भएको छ । साथै फर्म भौतिक रुपमा समेत भर्न सकिने छ ।

अनलाइन आवेदनका लागि nepalvote.com मा गएर भर्न सकिने छ । प्रदेश १ का प्रतिष्ठित कलेजहरुको समेत साझेदारी रहेको यस रियालिटी शोमा प्रदेश एक का १२ जिल्लावाट छानिएका १८ वर्ष देखि २५ वर्ष उमेरका महिला प्रतिस्पर्धीहरुवाट उनीहरुको प्रतिभालाई सबैका माझ ल्याउने मिडिया ग्यालरीले जनाएको छ ।

१५ दिने बन्द प्रशिक्षणको माध्यमवाट उनीहरुको विभिन्न किसिम तथा तालिमद्वारा उनीहरुको ब्याक्तित्व विकास गर्दै प्रतिस्पर्धीको लुकेको प्रतिभालाई बाहिर ल्याइने छ भने उक्त शोका सम्पूर्ण एपिशोडहरु टेलिभिजन तथा युटुब च्यानल एवं बिभिन्न माध्यमद्वारा प्रशारण गरिने मिडिया ग्यालरीले जनाएको छ भने ग्राण्ड फिनाले चाँही ब्युटी पेजेंट माध्यमवाट सम्पन्न गरिने आयोजकले जनाएको छ ।

यस रियालिटी सो का बिजेताले नगद पुरस्कार राशीका साथै बिभिन्न किसीमका अवसरहरु पाउने छन् । नेपालमै पहिलो पटक सुरु हुन लागेको यस किसिमको रियालिटी शो प्रदेश १ संगै अरु ६ वटै प्रदेशमा समेत गरिने आयोजकले जनाएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]