धरान/ बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका वार्डमा राखिएका बिरामी कुर्नका लागि ५ सय रुपैयाँ धरौटी राख्नुपर्ने भएको छ । बिरामी कुरुवाहरुले रकम जम्मा गरेर मात्रै बिरामी कुरुवा पास पाउने छन् ।
प्रतिष्ठानले माघ १० गते सूचना जारी गर्दै कुरुवाले ५ सय रुपैयाँ धरौटी राख्नु पर्ने नियम लागू गरेको थियो । यो नियम आइतबार देखि लागू गरेको हो ।
प्रतिष्ठानले जारी गरेको सूचनामा अस्पतालको इमर्जेन्सी वार्डमा अनावश्यक भिडभाड बढेकोले त्यसलाई न्यूनीकरण गर्न कुरुवा पास अनिवार्य गर्ने नियम लागु गरिएको उल्लेख छ ।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved