• माघ २२, २०७९
  • जुनकिरी खबर

१ महिना १० दिनपछि राष्ट्रिय स्वतन्त्र पार्टीले छाड्यो सरकार

alt

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छाड्ने निर्णय गरेको छ। आइतबार पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बसेको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकपछि सरकारबाट बाहिरिने निर्णय गरेको हो।

गत १० पुसमा प्रधानमन्त्री नियुक्त भएका पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएको रास्वपा आजबाट सरकारमा सहभागी नहुने बताएको हो। यद्यपि प्रधानमन्त्री प्रचण्डलाई लिएको समर्थन भने कायम राख्ने निर्णय रास्वपाले निर्णय गरेको छ।

११ पुसमा प्रधानमन्त्री प्रचण्डले गृहमन्त्रीको रुपमा सभापति रवि लामिछानेलाई नियुक्त गरेका थिए। त्यसको १ महिना १० दिनपछि आजबाट औपचारिक रुपमा सरकार छाडेको हो।

गत ७ असारमा घोषणा भएको यो पार्टीबाट श्रम तथा रोजगार मन्त्रीमा डोल प्रसाद अर्याल र शिक्षा मन्त्रीमा शिशिर खनाल छन्। त्यस्तै, तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री छिन्।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]