• माघ २३, २०७९
  • जुनकिरी खबर

इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

alt

इटहरी / इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।

पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार आइतबार राति ७ बजेतिर इटहरी ४ तुलसा टोलस्थित कोसी राजमार्गमा उतरबाट दक्षिणतर्फ जाँदै गरेको को ३२ प ४६१३ नम्बरको मोटरसाइकलले विपरीत दिशातर्फ आउँदै गरेको साइकलयात्रीलाई ठक्कर दिएको हो ।

ठक्करबाट संखुवासभा आँखिभुइ घर भइ हाल इटहरी ४ बस्ने अन्दाजी ३० वर्षीय सरोज कार्कीको मृत्यु भएको छ ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका कार्कीको सामुदायिक अस्पताल इटहरीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न मोटरसाइकल चालक संखुवासभा धर्मदेवी ३ का अन्दाजी ३० वर्षीय प्रेम ग्याजुङ शेर्पा तत्काल फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

मोटरसाइकल तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]