• माघ २७, २०७९
  • जुनकिरी खबर

‘व्यवसायीका सबै समस्या न्यूनीकरणमा मेरो नेतृत्व सार्थक हुन्छ’

alt

उद्योग वाणिज्य संघ (उवासंघ) इटहरीको निर्वाचन शनिबार हुँदैछ । अध्यक्ष पदका लागि चारजना प्रतिष्पर्धामा छन् । जसमध्ये पनि तीनजनाबीच मुख्य प्रतिष्पर्धा हुने देखिएको छ ।

अध्यक्षका लागि जीवन पराजुली, रञ्जु सिग्देल र गायत्री कटवाल (भण्डारी) बीच मुख्य प्रतिष्पर्धा हुने भएको हो । अध्यक्षका उम्मेदवार पीताम्बर पोखरेलले आफ्नो उम्मेदवारी निष्क्रिय पार्दै पराजुलीको समूहलाई समर्थन गरेका छन् । अध्यक्षकै उम्मेदवार मणिन्द्रकुमार कटवाल भने चुनावी प्रचारमा त्यति सक्रिय छैनन् ।

यसैबीच अध्यक्षका उम्मेदवार पराजुलीले आँफू २२ वर्षकै उमेरदेखि व्यवसायमा लागेका कारण र व्यवसायीको हितमा काम गर्ने भएकाले चुनाव जित्ने दाबी गर्दै आएका छन् ।

इटहरीदेखि दार्जीलिङ हुँदै काठमाडौँसम्म पुगेर शैक्षिक अध्ययन गरेका उनले यसअघि जेसीज, लायन्स जस्ता संस्थामा नेतृत्व गरिसकेका छन् ।

तरहरा जेसीज वर्ष २०१३ का अध्यक्ष तथा नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष समेत भइसकेका उनी लायन्स क्लब अफ इटहरी सिटी र लायन्स क्लब अफ ३२५ को जोन चियरपर्सन भइसकेका छन् ।

होटल व्यवसायी संघ इटहरीको वर्तमान अध्यक्ष तथा उद्योग वाणिज्य संघ इटहरीका वर्तमान सदस्य समेत रहेका उनी पर्यटनको क्षेत्रमा समेत काम गर्दै आएका छन् ।

‘व्यवसायीको मुख्य समस्या भनेकै कर हो, पार्किङका कुरा आइरहेका छन्,’ पराजुली भन्छन्, ‘ब्याजदरले व्यवसायीलाई पिरोलिरहेको छ, घरभाडा बहाल कर सम्बन्धि मुद्दा उठिरहेका छन्, यी सबै समस्या न्यूनीकरणका लागि मेरो नेतृत्व सार्थक हुन्छ ।’

उनले अहिले इटहरीको मुख्य चौकमा पार्किङ व्यवस्थापन समस्या भइरहेकाले त्यसको दीर्घकालीन व्यवस्थापनका लागि आँफूले काम गर्ने बताए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]