• माघ २९, २०७९
  • जुनकिरी खबर

प्रदेश १ का चार जिल्लामा महिला सिडिओ

alt

नेपालको पहिलो महिला प्रमुख जिल्ला अधिकारी (सिडिओ) उषा नेपाल हुन । ३२ वर्षअघि २०४७ फागुनमा उनी भक्तपुरको सिडिओ बनेकी थिइन ।

नेपाल ललितपुर, पर्सा, बाँके, सोलुखुम्बु र मुस्ताङसमेतको प्रमुख जिल्ला अधिकारी भइन । उनीपछि प्रमुख जिल्ला अधिकारीको रूपमा जिल्लाको प्रशासनिक नेतृत्वको अवसर पाउने महिला कमै मात्र थिए।
प्रचण्ड नेतृत्वको सरकार आएपछि पछिल्लो पटक प्रमुख जिल्ला अधिकारीहरूको सरुवा र पदस्थापन हुँदा सरकारले एकै पटक ९ जिल्लामा महिलालाई सिडिओ बनाएर पठाएको छ । जसमध्ये ४ जना प्रदेश १ मा छन् । अहिले सुनसरी, ताप्लेजुङ, ओखलढुङ्गा र धनकुटा महिलाले प्रशासनिक नेतृत्व सम्हालेका छन् । प्रमुख जिल्ला अधिकारीको छनौटमा क श्रेणीमा पर्ने जिल्ला सुनसरीमा पहिलो पटक महिला सिडिओ रूपमा हुमकला पाण्डे आएकी छन् ।

यसअघि भक्तपुर तथा काभ्रेमा प्रमुख जिल्ला अधिकारी रहिसकेकी पाण्डेले अर्घाखाँचीको छत्रदेव गाउँपालिकाको छत्रदेव माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेर त्रिचन्द्र कलेजबाट स्नातकोत्तर गरेपछि प्राध्यापन गरेकी थिइन । २०६० सालदेखि ३ वर्षसम्म त्रिचन्द्र सहित अन्य कलेजमा पनि पढाएपछि उनले २०६३ सालमा शाखा अधिकृत पास गरिन । २०६८ सालमा उपसचिवमा नाम निकालेकी उनले दक्षिण कोरियाबाट कृषि विषयमा स्नातकोत्तर पनि गरेकी छन् ।

उपसचिव बनेको ७ वर्षपछि २०७५ सालमा सहसचिवमा नाम निकालेकी उनका ३ दिदीबहिनी सबै जागिरमा छन् । लोकसेवाका सबै परीक्षाहरू खुलाबाट पास गरेकी पाण्डेले अहिले शान्ति सुरक्षा र सीमा अपराधको कारण चुनौती रहेको मानिएको जिल्लाको नेतृत्व गर्दैछीन । उता पहाडी जिल्ला ओखलढुङ्गाको नेतृत्व मधेसकी छोरीले प्रदर्शनीकुमारीले प्रमुख जिल्ला अधिकारीको रूपमा गर्दैछीन । उनी मधेसी समुदायबाट सिडिओ बन्ने पहिलो महिला पनि हुन । नेपाल सरकारको उपसचिव उनी नेपाली सेनाका जागिरे बुबा रामअयोध्या प्रसाद कलवारको प्रेरणाले अध्ययनपछि सरकारी सेवामा प्रवेश गरेकी हुन ।
२०६२ सालमा निजामती सेवामा जागिर सुरु गरेकी प्रदर्शनीकुमारी शाखा अधिकृत बनेकी थिइन । उनी २०६९ सालमा उपसचिव भइन । राष्ट्रिय योजना आयोग, उद्योग वाणिज्य। तथा आपूर्ति मन्त्रालय, धनुषाको सहायक प्रमुख जिल्ला अधिकारी रहिसकेकी उनी पहिलो पटक सिडिओ भएकी हुन ।

जिल्ला प्रशासन कार्यालय सबै ठोक्किने ठाउँ भएकाले गुनासा पनि धेरै आउँछन्,’ उनी भन्छिन, । शान्ति सुरक्षा कायम गर्ने जिम्मा भएकाले पनि अन्यभन्दा सोचनीय हुनुपर्ने अवस्था छ ।’

अहिले धनकुटाको प्रशासनिक नेतृत्व सम्हालेकी लीलाकुमारी केसी पाण्डे पनि उपसचिव हुन । उनी यसअघि रामेछापको प्रमुख जिल्ला अधिकारी रहिसकेकी छन् । ओखलढुङ्गामा जन्मिएकी केसीले आधारभूत तहको पढाइ पनि त्यहीँबाट गरेकी थिइन । बुवा खड्गबहादुर खत्री ओखलढुङ्गा गाउँ पञ्चायतका प्रधानपञ्च रहेकै कारण उनले पढ्ने अवसर पाएकी थिइन ।

घरमा ६ जना दिदीबहिनी र २ दाजुभाइमध्ये उनी कान्छी हुन । उनका २ दिदीहरू पनि सरकारी सेवामै छन्। ठाइँली र काइँली दिदी सरकारी जागिरमा छन् । काइँली रेनुका केसी सबइञ्जिनीयर भएर पुरातत्त्व विभागमा कार्यरत छन् भने ठाइँली शकुन्तला केसी जाल्पा माध्यमिक विद्यालय ओखलढुङ्गाकी शिक्षिका हुन । केसीले स्नातक सक्ने बित्तिकै २०५९ सालमा अधिकृतमा नाम निकालेकी थिइन ।

उनले निजामती सेवामा प्रवेश गरेको २० वष पुरा भएको छ । उनले यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, पर्यटन कार्यालय नाम्चे सोलुखुम्बु, सामान्य प्रशासन मन्त्रालय, योजना आयोगमा बसेर काम गरेकी थिइन । २०७४ सालदेखि गृह मन्त्रालयमै रहेकी केसी पहिलो अनुभव नभएकाले प्रमुख जिल्ला अधिकारीको रूपमा काम गर्न कुनै अप्ठ्यारो नहुने बताउँछिन् । लैङ्गिकताभन्दा पनि क्षमताले काम गर्ने भएकाले पुरुष र महिला भन्न नहुने उनको तर्क छ ।

पहाडी जिल्ला ताप्लेजुङले पनि पहिलो पटक महिलालाई प्रमुख जिल्ला अधिकारी पाएको छ । यसअघि भोजपुर र सिन्धुपाल्चोकको सिडिओ रहिसकेकी गोमादेखि चेम्जोङ ताप्लेजुङको प्रशासनिक नेतृत्व सम्हाल्न पुगेकी छन् । जिल्लामा महिला सिडिओ देख्दा सेवाग्राही पनि खुसी हुने गरेको उनी बताउँछिन् । व्यावसायिक दक्षतालाई कायम गर्दै महिलाले इमानदारीपूर्वक काम गर्छन् भन्ने देखाउने महिला सिडिओहरूको भनाइ छ । महिला तथा बालबालिकाका र समस्यामा परेकाहरूको पिडा महिलाले समाधान गरिदिने विश्वास नागरिकमा रहेको पाइन्छ ।
हाम्रोमत दैनिकबाट

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]