• साउन २८, २०७६
  • जुनकिरी खबर

धरानमा उपचुनाव हुने भएपछि दलहरू सकृयता बढ्यो

alt

निर्वाचन आयोगले रिक्त रहेका स्थानीय, प्रदेश र प्रतिनिधिसभाका जनप्रतिनिधिको निर्वाचन क्षेत्रमा उपनिर्वाचन गर्ने तयारी सुरु गरेसँगै धरानका राजनीतिक दलहरूले आन्तरिक तयारी सुरु गरेका छन् ।

०७५ साउन १ गते उपमहानगर प्रमुख तारा सुब्बाको निधन भएपछि उक्त प्रमुख पद रिक्त भएको छ । निर्वाचन आयोगले प्रमुख वा उपप्रमुखको पद रिक्त भएमा चुनाव गराउन सकिने प्रावधान राखेअनुसार रिक्त भएको स्थानीय, प्रदेश र प्रतिनिधिसभा सांसदका लागि मंसिर दोस्रो साता मुलुकभर एकैसाथ चुनाव गराउने लक्ष्य राखेको छ । नेकपा र कांग्रेस पार्टीले आन्तरिकतयारीमा जुटेका छन् ।

प्रमुख तारा सुव्बाको निधनपछि उपप्रमुख मन्जु भण्डारी सुवेदीले कार्यवाहक प्रमुख भएर उपमहानगर चलाइरहेकी छन् ।

०७४ असार १४ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा तत्कालीन एमालेका उम्मेदवार तारा सुव्बासँग ४ हजार ८ सय ७३ मतले पराजित कांग्रेसका नगर सभापति तिलक राईले अबको चुनावमा नेकपाको उम्मेदवारलाई पराजित गर्न कठिनमिहिनेत गर्नुपर्ने बताए ।


नेकपाले आन्तरिक तयारी गरे पनि तत्कालीन माओवादी केन्द्रसँग एकता भएकाले जसलाई प्रमुखको टिकट केन्द्रले दिए पनि सजिलै जित हासिल गरिन्छ भनेर ढुक्क अवस्थामा छ । स्थानीय तहको चुनावमा कुल मतदाता मतदाता ७९ हजार २ सय ८२ मत मध्ये ५३ हजार ८ सय १२ मत खसेको थियो ।


निर्वाचन आयोग सुनसरीका अनुसार ०७६ असार मसान्त सम्ममा थपिएका सहित गरी ९६ हजार ६ हजार ७१ जना मतदाता पुगेका छन् । निर्वाचन आयोगमा पछिल्लो समयमा ३ हजार ९ सय २४ पुरुष र २ हजार ३ सय १ महिला मतदाता थपिएका छन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]