इटहरी/ इटहरी साहित्यिक समुह सँस्थापक अध्यक्ष धरणिधर दाहालको ९६औँ जन्मजयन्तिमा दुईजनालाई नगदसहित सम्मान गर्ने भएको छ। समुहले बुधबार इटहरीस्थित होटल इनटुरिष्टमा पत्रकार सम्मेलन गरेर कार्यक्रमबारे जानकारी गराएको हो।
पत्रकार सम्मेलनमा इटहरी साहित्यिक समुहका संस्थापक अध्यक्ष स्व. धरणीधर दाहालको ९६औं जन्म जयन्तीमा साहित्यको विभिन्न विधामा कलम चलाउनुहुने साहित्यकार लीलबहादुर क्षत्री र निसाहाय बालबालिका सेवा आश्रम इटहरीकी संस्थापक सुश्री गीता गौतमलाई नगदसहित सम्मान गर्न लागेको जनाईएको छ।
इटहरी ४ स्थित इटहरी म्याट्रिक्समा शुक्रबार बिहान १०बजे एक कार्यक्रमका बीच क्षत्रीलाई नगद ५०हजारसहितको प्रज्ञा पुरस्कार र गौतमलाई नगद ३५ हजारसहित सम्मान गरिने पत्रकार सम्मेलनमा जानकारी दिईएको छ।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved