• फागुन १५, २०७९
  • जुनकिरी खबर

कलाकार रितेशजङ्ग खत्रीद्वारा पहलमानलाई नगद प्रदान

alt

सुनसरी/ इटहरी निवासी कलाकार तथा ब्यवसायी रितेशजङ्ग खत्रीले पहलमानहरुलाई नगद प्रदान गरेका छन्। खत्रीले इनरुवामा जारी इनरुवा उत्सव तथा चलचित्र महोत्सवमा भएको पहलमानहरु बीचको दोस्रो दिनको दंगल कुस्तीमा सहभागी पहलमानहरुलाई नगद प्रदान गरेका हुन्।

इनरुवा उत्सव तथा चलचित्र महोत्सवको आयोजक नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १का कार्यसमिती सदस्य समेत रहेका खत्रीले भारत र नेपालका पहलमानहरुले छुट्टै प्रकारको परम्परागत खेल कुस्ती खेल्न उत्सवमा आएकोले कुस्ती खेलप्रति समर्पित भएर लाग्न अझ हौसला मिलोस भन्ने उद्देश्यले नगद पुरस्कार प्रदान गरेको बताएका छन्। कुस्ती खेल्ने रिङ्गमा खत्रीकै पूजाबाट सुरुआत भएको थियो।

खत्री कलाकारितासँगै समाजसेवामा निकै सकृय छन्। नगद हस्तान्तरणपछि खत्रीले आफ्नो कार्य व्यस्तताका कारण चलचित्र सम्बन्धि हरेक कार्यक्रममा भौतिक उपस्थिति जनाउन नसकेपनि आफुले सक्ने र पाएको जिम्मेवारी निभाउने कोसिस सधैं रहने बताएका छन्।

भारतको बिहार र नेपालको तराइ क्षेत्रमा धेरै चर्चित खेल मध्ये पर्ने कुस्ती खेल इनरुवामा भने पहिलो पटक खेलाइएको मेला संयोजक नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १का अध्यक्ष अरुण कुमार प्रधानले जानकारी दिएका छन्।

कुस्ती प्रतियोगीतामा नेपाल र भारतका चर्चित पहलमानहरुको उपस्थित रहेको अध्यक्ष प्रधानले बताएका छन्। कुस्ती प्रतियोगिता आज सोमबार सम्म चल्ने आयोजकको भनाई छ।

इनरुवा उत्सव चलचित्र महोत्सव २०७९ नाम दिएको महोत्सवमा चलचित्र गतिबिधीसँगै बिभिन्न प्रकारका खेल साथै प्रतियोगिताहरु भईरहेको छ। सम्पूर्ण कार्यक्रमको प्याकेजको रुपमा लिएको उत्सवमा, हरेक साँझ नेपाली तथा भोजपुरी स्टारहरुले साङ्गेतिक प्रस्तुती दिईरहेका छन्।

सम्बन्धित समाचारहरु
सुनसरीमा होलीलाई मर् ...

जिल्ला प्रशासन कार्यालय सुनसरीले फागु पूर्णिमा होलीलाई सुरक्षित र मर्यादित बनाउन आग्रह गरेको छ । बुध ...

कोशी प्रदेशमा ‘फ्यान ...

लागुऔषधको बढ्दो समस्यालाई नियन्त्रण गर्न कोशी प्रदेशमा ‘फ्यान फाइट एगेन्स्ट नार्कोटिक्स अभियान ...

इटहरीको बक्यौता ३ कर ...

इटहरी उपमहानगरपालिकाले सडक बत्ति बापतको तीन करोड बढि विद्युत महसुल रकम नतिरेको नेपाल विद्युत प्राधिक ...

इटहरी जनता क्याम्पसक ...

इटहरीस्थित जनता बहुमुखी क्याम्पसमा स्वयिवु सभापतिका आकांक्षीको नाम मतदाता नामावलीमा समावेश नभएपछि नि ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]