• फागुन १५, २०७९
  • जुनकिरी खबर

कलाकार रितेशजङ्ग खत्रीद्वारा पहलमानलाई नगद प्रदान

alt

सुनसरी/ इटहरी निवासी कलाकार तथा ब्यवसायी रितेशजङ्ग खत्रीले पहलमानहरुलाई नगद प्रदान गरेका छन्। खत्रीले इनरुवामा जारी इनरुवा उत्सव तथा चलचित्र महोत्सवमा भएको पहलमानहरु बीचको दोस्रो दिनको दंगल कुस्तीमा सहभागी पहलमानहरुलाई नगद प्रदान गरेका हुन्।

इनरुवा उत्सव तथा चलचित्र महोत्सवको आयोजक नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १का कार्यसमिती सदस्य समेत रहेका खत्रीले भारत र नेपालका पहलमानहरुले छुट्टै प्रकारको परम्परागत खेल कुस्ती खेल्न उत्सवमा आएकोले कुस्ती खेलप्रति समर्पित भएर लाग्न अझ हौसला मिलोस भन्ने उद्देश्यले नगद पुरस्कार प्रदान गरेको बताएका छन्। कुस्ती खेल्ने रिङ्गमा खत्रीकै पूजाबाट सुरुआत भएको थियो।

खत्री कलाकारितासँगै समाजसेवामा निकै सकृय छन्। नगद हस्तान्तरणपछि खत्रीले आफ्नो कार्य व्यस्तताका कारण चलचित्र सम्बन्धि हरेक कार्यक्रममा भौतिक उपस्थिति जनाउन नसकेपनि आफुले सक्ने र पाएको जिम्मेवारी निभाउने कोसिस सधैं रहने बताएका छन्।

भारतको बिहार र नेपालको तराइ क्षेत्रमा धेरै चर्चित खेल मध्ये पर्ने कुस्ती खेल इनरुवामा भने पहिलो पटक खेलाइएको मेला संयोजक नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १का अध्यक्ष अरुण कुमार प्रधानले जानकारी दिएका छन्।

कुस्ती प्रतियोगीतामा नेपाल र भारतका चर्चित पहलमानहरुको उपस्थित रहेको अध्यक्ष प्रधानले बताएका छन्। कुस्ती प्रतियोगिता आज सोमबार सम्म चल्ने आयोजकको भनाई छ।

इनरुवा उत्सव चलचित्र महोत्सव २०७९ नाम दिएको महोत्सवमा चलचित्र गतिबिधीसँगै बिभिन्न प्रकारका खेल साथै प्रतियोगिताहरु भईरहेको छ। सम्पूर्ण कार्यक्रमको प्याकेजको रुपमा लिएको उत्सवमा, हरेक साँझ नेपाली तथा भोजपुरी स्टारहरुले साङ्गेतिक प्रस्तुती दिईरहेका छन्।

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]