• फागुन १६, २०७९
  • जुनकिरी खबर

सुनसरीमा अनुमतिबिना ड्रोन उडाउनेलाई कारवाही गरिने

alt

जिल्ला प्रशासन कार्यलय सुनसरीले आइतबार एक विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयकोे अनुमति नलिई ड्रोन उडाउने व्यक्ति माथि कारबाही गर्ने चेतावनी दिएको छ ।

अत्यावश्यक कामका लागि दुई केजीभन्दा कम तौलका ड्रोन उडाउनका लागि प्रयोगकर्ताले जिल्ला प्रशासन कार्यलय सुनसरी बाट अनुमति लिनुपर्ने हुन्छ ।  त्यस्तै दुई केजीभन्दा माथि तौल भएका ड्रोन उडाउन प्रयोगकर्ताले गृह मन्त्रालयबाट अनुमति लिनुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ । “मानवरहित हवाई उपकरण उडान कार्यविधि २०७५“ मा ड्रोन उडाउन विभिन्न निकायबाट अनुमति लिनुपर्ने व्यवस्था रहेको छ । 

पछिल्लो समय विभिन्न व्यक्ति तथा निकायले अनुमति नलिई अनधिकृत रूपमा ड्रोन उडाएको जानकारी आएपछि जिल्ला प्रशासन कार्यलय सुनसरीले विज्ञप्ति जारी गर्दै त्यसो नगर्न सचेत गराएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]