• फागुन १६, २०७९
  • जुनकिरी खबर

माझी समुदायले कोसी नदीमा मनाए १७ औं लदि पूजा

alt

मङ्गलवार माझी समुदायले १७ औं लदि पूजा मनाएका छन् । माझी जातिहरूले लदि पूजाको रूपमा कोसीमा आएर हरेक वर्षको फागुन महिनाको तेस्रो (माइली) मङ्गलवार मनाउने गर्दछन् । 
 
सोमवार राति घर-घरमा दीपावली गरेर मनाएका माझी जातिहरूले मङ्गलवार कोसी नदिको किनारमा जमघट भएर पूजा, आराधना र बलि दिएर इष्ट देवताको रूपमा कोसी पूजा मनाएका हुन् । वराहक्षेत्र नगरपालिका स्थित सिसौलीतार घाट सप्तकोसीमा आयोजना भएको पूजा नेपाल माझी उत्थान सङ्घ सुनसरीले आयोजना गरेको थियो।
 
आदिवासी जनजातिको रूपमा सूचीकृत माझी जातिहरूले लदि पूजाको रूपमा कोसीमा आएर हरेक वर्षको फागुन महिनाको तेस्रो मङ्गलवार मनाउने गरेका छन् । कोसीको अलावा नदी, तालमा पनि पूजा गरी आफ्नो पुर्ख्यौली पेसा नाऊ चलाउँदा र माछा मार्दा कुनै भवितव्य नहोस् भनेर भाकल गरी मनाउने पञ्चवली भैँसी, सुङ्गर, हाँस, कुखुरा र खसी दिइने प्रचलन रहेको नेपाल माझी उत्थान सङ्घ सुनसरी अध्यक्ष घनश्याम माझीले जानकारी दिए ।
 
वराहक्षेत्र-२ स्थित शिशौली घाटमा नेपाल माझी उत्थान सुनसरीले आयोजना गरेको १७ औं कोसी पूजामा सुनसरी आसमासबाट सयौँ माझी परिवारहरूको उपथिति रहेको थियो ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]