• फागुन १७, २०७९
  • जुनकिरी खबर

पाँच वर्षपछि प्रदेश १ को नाम जुर्‍यो 'कोशी'

alt

प्रदेश १ को नामकरण गरिएको छ। प्रदेशसभाको बुधबार बसेको बैठकबाट प्रदेश १ को नाम ‘कोशी’ राखिएको हो।

प्रदेशसभामा कोशी नाममाथि भएको मतविभाजनमा बहुमत सांसदहरूको मत खसेपछि ६३ महिनामा प्रदेश १ ले बल्ल नाम पाएको हो। मत विभाजनका क्रममा सहभागी ८६ जना सांसदमध्ये ८२ जनाले कोशी नामको पक्षमा मत दिएका छन्। 

प्राप्त मतपरिणामका आधारमा सभामुख बाबुराम गौतमले कोशी नामको प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे। सभामुख गौतमका अनुसार कोशी नामको विपक्षमा ४ मत खसेको छ। ६ जना सांसद भने अनुपस्थित रहेको उनले जानकारी दिए।

नामकरणका लागि प्रदेशसभा सचिवालयमा दर्ता गराइएको ‘कोशी’ नामको प्रस्ताव बहुमतले स्वीकृत भएपछि सो नाम उपरको छलफल सुरु भएको थियो। नामकरणका लागि प्रदेशसभामा नेकपा एमाले र नेपाली कांग्रेसले ‘कोशी’ नामको प्रस्ताव दर्ता गराएका थिए। छलफलमा सांसदहरुले कोशीले विभिन्न जातिजाति, धर्म-संस्कृति, भौगोलिक विविधता र ऐतिहासिकता लगायतका विषयलाई समेटेको बताए। प्रदेश १ का लागि कोशी नाम नै उपयुक्त रहेको भनीहरुले स्पष्ट पारे।

प्रदेश १ को नामकरणका लागि प्रदेशसभा सचिवालयमा ‘किराँत-लिम्बुवान-सगरमाथा’ नामको प्रस्ताव पनि दर्ता गराइएको थियो। तर, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले दर्ता गराएको उक्त नामको प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो। उक्त प्रस्ताव अस्वीकृत भएसँगै प्रदेशसभामा मतविभाजनको प्रक्रिया सुरु भएको थियो।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]