• फागुन १७, २०७९
  • जुनकिरी खबर

पहिलो काम बैंकको व्याजदर र इटहरीको पार्किङ्ग व्यवस्थापन : जीवन पराजुली

alt

इटहरी उद्योग वाणिज्य संघका नव निर्बाचित अध्यक्ष जीवन पराजुलीले आफ्नो कार्यकालको पहिलो काम बैंकको व्याजदर र इटहरीको पार्किङ्ग व्यवस्थापन तर्फ हुने बताएका छन् । 

बुधबार भएको नव निर्वाचित कार्यकारीणी समितिको पदस्थापन कार्यक्रम पछि प्रदेश पोर्टलसँग बोल्दै अध्यक्ष पराजुलीले इटहरी उद्योग वाणिज्य संघले शहर सौन्दर्यकरणको नाममा भएको पार्किङ्ग निषेधको समस्याले धेरै व्यावसायी आक्रान्त भएको भन्दै त्यसको समाधानका लागि इटहरीको स्थानीय सरकारसँग बसेर समस्याको निराकरण गर्न आफु लागि पर्ने बताए । 

इटहरीमा मेला महोत्सव गर्न स्थान अभाव भएको भन्दै त्यसको समाधानका लागि प्रादेशिक प्रदर्शनी स्थलको निर्माणको पहल गर्ने, इटहरीमा व्यापार प्रवद्र्धनका लागि टे«ड फेयर तथा बेरोजगारहरुको लागि जव फेयरको आयोजना गर्ने साथै व्यावसायीहरुको लागि निः शुल्क राजश्व र लेखा सम्बन्धि परामर्श दिने योजना नव निर्वाचित कार्यसमितिले तयार गरेका छन् । 

व्यावसायीहरुको साझा समस्याहरु भएकाले सबै बसेर समाधान गर्ने नव निर्वाचित अध्यक्ष पराजुलीले बताएका छन् । 

पदस्थापन कार्यक्रममा प्रमुख अतिथी उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकालले उद्योग वाणिज्य महासंघको पछिल्लो गतिविधिले व्यावसायीलाई अभिभावक विहिन भएको महसुस गराएको बताए । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]