• फागुन १९, २०७९
  • जुनकिरी खबर

इलामको चिया चीनमा सर्वोत्कृष्ट

alt

इलामको ‘ब्ल्याक टी’ चीनमा भएको अन्तर्राष्ट्रिय चिया प्रतियोगितामा सर्वोत्कृष्ट घोषित भएको छ । नेपालसहित, चीन, भारत, श्रीलंका र केन्यालगायत अन्य देशहरूको सहभागिता रहेको उक्त प्रतियोगितामा नेपालको ‘ब्ल्याक टी’ को नमूना सर्वोत्कृष्ट घोषित भएको हो ।

उक्त नमूना इलामस्थित ‘तीनजुरे चिया उत्पादक सहकारी संस्था’ ले उत्पादन गरेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक दीपक खनालले जानकारी दिए । उनले नेपालकै अन्य पाँच वटा ‘ब्ल्याक टी’ का नमूनाले स्वर्ण पदक र चार वटा नमूनाले रजत पदक जितेको बताए । ‘हामीले १६ वटा ’ब्ल्याक टी’ का नमूनाहरू प्रतियोगिताका लागि चीन पठाएका थियौं । तीमध्ये १० वटाले ऐतिहासिक पदक जित्यो,’ निर्देशक खनालले भने, ‘एउटा त प्रतियोगिताकै सर्वोत्कृष्ट भयो । बाँकी ५ वटाले स्वर्ण र चार वटाले रजत पदक जित्यो ।’

पछिल्लो समय चीनले नेपाली चिया आयात गर्नेबारे चासो देखाएसँगै नेपालले गत भदौ २३ गते अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि १६ वटा ‘ब्ल्याक टी’ का नमूना चीन पठाएको थियो । निर्देशक खनालले चीन, भारत, श्रीलंका र केन्या चियाका लागि विश्वमै ख्याति कमाएको देश भएकाले यो नेपालका लागि ऐतिहासिक उपलब्धि रहेको बताए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]