• फागुन १९, २०७९
  • जुनकिरी खबर

इटहरीमा लागूऔषधसहित दुई पक्राउ

alt

इटहरीमा लागूऔषधसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक भीमबहादुर खड्काका अनुसार इटहरी ४ मा लागूऔषध बिक्री वितरण भइरहेको भन्ने सूचनाका आधारा प्रहरीले दुईजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा विराटनगर ७ बस्ने आँसु राजवंशी र सोही स्थानका रिकेश मण्डल रहेका छन् । मण्डलले बोकेको कालो रंगको प्लाष्टिकको झोलाभित्र विभिन्न किसिमका लागूऔषध बरामद गरेको प्रहरी निरीक्षक खड्काले बताए । लागूऔषधसहित पक्राउ परेका उनीहरूलाई सुनसरी जिल्ला अदालतबाट लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम दिन ७ म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]