• फागुन २६, २०७९
  • जुनकिरी खबर

इटहरी गोल्डकप चैत्र ४ गतेबाट

alt

इटहरीमा चैत ४ गतेदेखि १३औं अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप सञ्चालन गरिने भएको छ। आयोजक राष्ट्रिय जागृति क्लवले शुक्रबार पत्रकार सम्मेलन गर्दै खेल बारे जानकारी गराएको हो।

चैत ११ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल बाहिरका दुईवटा टिम र नेपाल भित्रका ६वटा टिमले सहभागिता जनाउने भएका छन्। नेपाल बाहिरका एभिनिएर फुटबल क्लब क्यामरुन र कञ्चनजङ्गा फुटबल क्लब भारतका अतिरिक्त आयोजक राष्ट्रिय जागृति क्लव इटहरी, मछिन्द्र क्लब काठमाण्डौ, चर्च ब्वाइज क्लब काठमाण्डौ, नेपाल आर्मी क्लब काठमाण्डौ, रोलिङ्ग क्लब झापा र सगरमाथा युथ क्लब मोरङले खेलमा सहभागिता जनाउने आयोजकले पत्रकार सम्मेलनमा जनाएको छ।

इटहरी रंगशालामा हुने खेलको बिजेताले नगद १० लाख, मेडल र ट्रफि यसैगरी उपबिजेताले नगद ५ लाख, मेडल र ट्रफी, म्यान अफ द सिरिजले १लाख अनि हरेक दिनको म्यान अफ द म्याचले नगद १०हजारसहित मेडल प्राप्त गर्ने आयोजक संस्थाका संयोजक अनुरोध थापाले जानकारी दिए ।

 

७०लाख ५० हजार खर्च हुने अनुमान गरिएको खेलमा हरेक बिधामा २०हजार नगद अनि हाईस्कोररले ३०हजार प्राप्त गर्ने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिएको छ।

कन्ट्रोल लुब्रिकेन्टले प्रायोजन गरेको इटहरी गोल्डकपको नाम यसपटक पनि ‘१३औँ अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता’ रहेको छ।

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]