• चैत १, २०७९
  • जुनकिरी खबर

बराहक्षेत्रमा प्लास्टिकका झोला प्रयोगमा निषेध

alt

सुनसरीको बराहक्षेत्र नगरपालिकाले आगामी जेठ १ गतेबाट नगरभित्र प्लास्टिकका झोला प्रयोगमा निषेध गरिएको छ ।

नगरपालिकाले फोहोर मैला व्यवस्थापन ऐन २०६८, फोहोरमैला व्यवस्थापन नियमावली २०७०, प्लास्टिक झोला नियमन तथा नियन्त्रण निर्देशिका २०६८ र बराहक्षेत्र नगरपालिकाको प्लास्टिक झोला प्रतिबन्धित सम्बन्धी निर्देशिका २०७९ ले सार्वजनिक स्वास्थ्य तथा वातावरणीय संरक्षणलाई ध्यानमा राख्दै तोकिएको मापदण्ड भन्दा कम गुणस्तरको प्लास्टिकको झोला वा ४० माइक्रोन भन्दा पातलो प्लास्टिकको झोला आयात, निर्यात, बिक्री वितरण, भण्डारण तथा प्रयोगमा रोक लगाउने भएको हो ।

२०८० सालको जेठ १ गतेबाट लागू हुने गरी ४० माइक्रोन भन्दा कमका प्लास्टिक झोलालाई प्रयोगमा रोक लगाउने नगरपालिकाले निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत ऋद्बिप्रकाश सिटौलाले जानकारी दिए ।

नगरपालिकाको आर्थिक वर्ष २०७९।०८० को वार्षिक नीति तथा कार्यक्रममा समेत प्लास्टिक झोला मुक्त वराहक्षेत्र नगर घोषणा गर्ने कार्यक्रम निर्धारण गरे बमोजिम २०८० जेठ १ गतेबाट गुणस्तरहीन प्लास्टिक झोला वा ४० माइक्रोन भन्दा पातलो प्लास्टिक झोला प्रयोगमा रोक लगाउने निर्णय भएको नगर प्रमुख रमेश कार्कीले बताए ।

नगरपालिकाले नगरवासीलाई अनुरोध गर्दै बिक्री वितरण गरी मौज्दात रहेका प्लास्टिक झोला जेठ १ गते अगावै उचित व्यवस्थापन गर्ने नगरबासीमा जानकारी गराएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]