• चैत ५, २०७९
  • जुनकिरी खबर

इटहरी गोल्डकप : चर्च ब्वाइज क्लब सेमिफाइनलमा प्रवेश

alt

१३ औं अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको दोस्रो क्वाटरफाइनल खेलमा चर्च ब्वाइज क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा चर्च ब्वाइज क्लबले आयोजक राष्ट्रिय जागृति क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलका लागि स्थान सुरक्षित गरेको हो ।

खेलको ४५ औं मिनेटमा आशिष चापागाईंले १ गोल गर्दै टिमलाई अग्रता दिलाए । पहिलो हाफमा १-० गोल अन्तरले अगाडि रहेको चर्च ब्वाइजले खेलको ६१ मिनेटमा थप १ गोल गरेको थियो ।

इटहरी रंगशालामा चैत ११ गतेसम्म संचालन हुने प्रतियोगिताको विजेता टिमले नगद १० लाख र उपबिजेता टिमले नगद ५ लाख रुपैयाँ हात पार्ने आयोजकले जनाएको छ ।

यस्तै, खेलको म्यान अफ द म्याच चर्च ब्वाइजका प्रसान्त लक्ष्मण घोषित हुँदै नगद १० हजार पाए । उनलाई इटहरी उपमहानगरपालिकाका प्रेस संयोजक धनबहादुर पुरी र इटहरीका डीएसपी माधव काफ्लेले पुरस्कार प्रदान गरे ।

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]