• चैत ७, २०७९
  • जुनकिरी खबर

माओवादी नेता आङ्बोमाथि आक्रमण प्रयास

alt

नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोमाथि ताप्लेजुङमा आक्रमणको प्रयास भएको छ । प्रदेशको नाम कोशी राखेको भन्दै असन्तुष्ट समूहले मंगलबार ताप्लेजुङ पुगेका आङ्बोमाथि आक्रमणको प्रयास गरेको हो ।

प्रहरीका अनुसार आङ्बो सवार गाडीमा आक्रमण हुँदा सामान्य क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डीएसपी राजन लिम्बूका अनुसार फुङलिङ बजार आउने क्रममा आङ्बो सवार गाडीमाथि आक्रमण भएको हो ।

बजारभन्दा ७–८ किलोमिटर तल गाडीमाथि ढुङ्गा प्रहार भएको प्रहरीले जनाएको छ । आक्रमण गर्नेको पहिचान नभएको बताउँदै डिएसपी लिम्बूले घटनाको अनुसन्धान भइहरेको बताए ।

प्रदेशको नाम कोशी राखेपछि पहिचानको आधारमा नाम राख्नुपर्ने माग गर्दै आएको समूह आन्दोलनमा छ । सोमबार एक समूहले ओखलढुंगामा मुख्यमन्त्री हिक्मतकुमार कार्की सवार गाडीमा आक्रमणको प्रयास गरेको थियो ।

मंगलबार पार्टीको कार्यक्रमका लागि ताप्लेजुङको फुङ्लिङ बजार जाने क्रममा आङ्बोमाथि आक्रमण प्रयास भएको हो ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]