• चैत ८, २०७९
  • जुनकिरी खबर

सुन्दरहरैचा म्याराथोन प्रतियोगिता वैसाख १६ गते हुने

alt

सुन्दरहरैचा नगरपालिकाको एतिहासिक तथा सांस्कृतिक पहिचान देश व्यापी परिचित गराउने उद्धेश्यले रन सुन्दरहरैँचाको आयोजना हुने भएको छ । इन्द्रपुर जुनियर जेसिजको आयोजनामा २०८० वैसाख १६ गते उक्त प्रतियोगिता हुने भएको मंगलवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । 

तिन वटा बुदामा सम्पन्न हुने कार्यक्रममा ५ किलोमिटर नन प्रोफेसनल स्थानिय शैक्षिक संस्था तथा स्थानियवासी र २१ किलोमिटर महिला हाफ म्याराथोन र २१ किलोमिटर पुरुष हाफ म्याराथोन हुने जनाइएको छ । 

प्रतियोगितामा विभिन्न क्षेत्रबाट प्रतिस्पर्धा गर्न प्रोफेसनल सय जना एथलेटिक्स खेलाडी तथा नन प्रोफेसनल ५सय जनाबिच प्रतिस्पर्धा हुने आयोजकको विस्वास रहेको छ ।

प्रत्येक खेलाडीलाइ रन सुन्दरहरैचा अंकित टिसर्ट उपलब्ध गराइने साथै खेलाडीले सोही टिसर्टमा दौडनुपर्ने छ । २१ किलोमिटर तर्फ प्रथम,दृतीय र तृतिय हुने खेलाडीलाइ नगद रु ४० हजार,१५ हजार र ५ हजार प्रदान गरिने साथै ५ किलोमिटर तर्फका विजेतालाइ क्रमश नगद रु ७ हजार ,५ हजार र ३ हजार प्रदान गरिने जनाइएको छ । 

विभिन्न स्थानमा अन्य खेलहरु भएता पनी यस प्रकारका खेल कमै मात्रामा हुने गरेको तर्फ मध्यनजर गर्दे दौड प्रतियोगिताको आयोजना गर्न लागिएको इन्द्रपुर जेसिसका कार्यकारिणी उपाध्यक्ष तथा कार्यक्रम निर्देशक  उत्सव थापाले बताएका छन । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]