• चैत ११, २०७९
  • जुनकिरी खबर

इटहरी गोल्डकपको उपाधि सगरमाथालाई

alt

१३ औं संस्करणको कन्ट्रोल इटहरी गोल्डकपको उपाधि सगरमाथा युथ क्लब मोरङले जितेको छ । इटहरी रंगशालामा शनिबार सम्पन्न फाइनलमा नवप्रवेशी ए डिभिजन क्लब चर्च व्बाईज युनाइटेडलाई पेनाल्टी सुटआउटमा ६–५ गोल अन्तरले पराजित गर्दै सगरमाथाले लगातार दोस्रो पटक उपाधि उचालेको हो ।

निर्धारित समयमा दुबै टिमले गोल गर्न नसकेपछि खेलको निर्णय सिधै पेनाल्टी सुटआउटबाट लिइएको थियो । पेनाल्टीमा चर्च ब्वाईजका मनोज राईको प्रहार बाहिरिएपछि सगरमाथाले लगातार दोस्रो पटक उपाधि उचाल्न सफल भएको हो । फ्रेकलिंग तल्ला, रञ्जीत पाण्डे, मिलन राई, विदेशी खेलाडी बेम्पा र गोलकिपर प्रिसोको प्रहार गोलमा परिणत भए पनि मनोजको प्रहार आकाशिएको थियो ।

सगरमाथाका अभिषेक लिम्बु, मेसुके ओलामावस, स्टेफिन बिनोंग, राजीव लोप्चन, महिन्द्र कार्की र विवेक बर्माको प्रहार गोलमा परिणत भएपछि सगरमाथा चम्किएको हो । नवप्रवेशी ए डिभिजन क्लब खुमलटारका अधिकांश खेलाडी लिएर मैदानमा उत्रेको सगरमाथाले उपाधिसँगै नगद १० लाख हात पारेको छ । उपविजेता चर्च ब्वाईजले ५ लाखमा चित्त बुझाएको छ ।

प्रतियोगिताका उत्कृष्ट खेलाडी सगरमाथाका क्याप्टेन महिन्द्र कार्की घोषित हुँनै नगद १ लाख पाए । सर्वाधिक गोल गरेका मछिन्द्र क्लबका आफिज ओलावालेले ३० हजार पाए । प्रतियोगिताको क्वाटरफाइनलमा ४ र सेमिफाइनलमा १ गरी उनले ५ गोल गरेका थिए ।

सगरमाथाका देब लिम्बु बेस्ट गोलकिपर, विशाल बस्नेत बेस्ट डिफेण्डर, स्टेफिन बिनोंग बेस्ट फरवार्ड र याम गुरुङ बेस्ट कोच घोषित भए । चर्च ब्वाइजका मौसम लिम्बु बेस्ट मिडफिल्डर र म्यानअफ द फाइनल घोषित भए । उनीहरुले जनही नगद २० हजार हात पारे । विजेता तथा उपविजेतालाई एन्फाका मानार्थ वरिष्ठ उपाध्यक्ष किशोर राई र इटहरी उपमहानगरका जनप्रतिनिधिहरुले पुरस्कार वितरण गरे । चैत्र ४ गते सुरु भएको प्रतियोगितामा दुई विदेशीसहित ८ टिमको सहभागिता थियो ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]