• चैत १४, २०७९
  • जुनकिरी खबर

विराटनगरको झडपमा २९ राउण्ड हवाइफायर

alt

कोशी प्रदेश खारेजी गरी पहिचानको आधारमा नामकरण हुनुपर्ने माग राख्दै पहिचान पक्षधरको निरन्तर आन्दोलनका कारण मंगलबार विराटनगर तनावग्रस्त बनेको छ । प्रदर्शनमा उत्रिएका पहिचान पक्षधरका आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा विराटनगर तनावग्रस्त बनेको हो ।

विराटनगरको होटल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी हुन आउने सांसदहरूलाई दबाब दिन पुगेका पहिचान पक्षधर आन्दोलनकारी र प्रहरीबीच झडप भएको हो । त्यसक्रममा दुई दर्जन हाराहारी घाइते भएका छन् ।

आन्दोलनकारीले प्रहरीको घेरा तोडेर अगाडि बढेपछि झडप भएको हो । झडपमा सशस्त्र र नेपाल प्रहरी गरी १२ जना घाइते भएको मोरङ प्रहरीका प्रमुख एसपी दिपक पोखरेलले जानकारी दिए । यता आन्दोलनकारीतर्फ एक दर्जन बढी घाइते भएको आन्दोलनकारीमध्येका एक अर्जुन जम्मेली राईले बताए । घाइतेमध्ये केहिको विराटनगरको अस्पतालमा उपचार भइरहेको छ भने केहिलाई धरान लगिएको छ ।

आन्दोलनकारीतर्फ घाइते हुनेहरूमा अशोक राई, सरोज लिम्बु, ज्ञानबहादुर राई, शिव आङ्दाम्बे, उदय लिम्बु, सुरज राई, एनके दर्नाल, विशाल राई र पदमलाल लिम्बु रहेका छन् । आन्दोलनकारीले प्रहरीले तोकेको घेरा तोडेर बिग होटलतिर बढेपछि झडप भएको थियो । प्रहरीले अगाडि बढ्न रोकेपछि आक्रोशित आन्दोलनकारीको समूहले प्रहरीलाई लक्षित ढुंगामुढा बर्साएका थिए ।

प्रहरीले स्थिति नियन्त्रण लिन २९ राउण्ड हवाइफायर र ४४ राउण्ड अश्रुग्यास प्रहार गरेको थियो । जसमध्ये १७ राउण्ड हवाइफायर नेपाल प्रहरीले र १३ राउण्ड हवाइ फायर सशस्त्र प्रहरीले गरेको एसपी पोखरेलले बताए । १३ राउण्ड अश्रुग्यास नेपाल प्रहरी र ३१ राउण्ड अश्रुग्यास प्रहार सशस्त्र प्रहरीले गरेको थियो । आन्दोलनकारीको भिड रोक्न प्रदेश प्रहरी कार्यालयबाट आएको सवारी साधानबाट पानीको फोहरासमेत प्रहार गरेका थिए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]