• साउन ३०, २०७६
  • जुनकिरी खबर

संवैधानिक इजलासमा थप ६ न्यायाधीश

alt

न्यायपरिषद्ले सर्वोच्च अदालतको संवैधानिक इजलासका लागि थप ६ जना न्यायाधीशहरुको नाम सिफारिस गरेको छ । मंगलबारको न्यायपरिषद बैठकले यसअघि ५ जनामात्रै तोकिएको इजलासमा थप ६ जनाको नाम सिफारिस गरेको हो ।

परिषदको सिफारिसमा बनेको सूचीबाट सर्वोच्च अदालतको संवैधानिक इजलासको गठन हुनेछ । संवैधानिक इजलासमा ५ जना सदस्यहरु हुन्छन् ।

सिफारिस भएका थप न्यायाधीशमा विश्वम्भर श्रेष्ठ, इश्वर खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा, प्रकाशमानसिंह राउत र सपना प्रधान मल्ल छन् ।

यसअघि प्रधानन्याायधीश चोलेन्द्रशम्सेर जबरासहित दीपककुमार कार्की, केदार चालिसे, मिरा खड्का र हरिकृष्ण कार्की मात्रै संवैधानिक इजलासमा थिए । अव भने प्रधानन्यायाधीशलाई न्यायाधीश छानेर संवैधानिक इजलास गठन गर्ने बाटो खुलेको छ ।

नेपालको संविधानको धारा १३७ मा सर्वोच्च अदालतमा संवैधानिक इजलास रहने व्यवस्था छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]