• चैत १५, २०७९
  • जुनकिरी खबर

इटहरी उपमहानगरको गेटमा लगाइएको ताला सुरक्षाकर्मीले तोडे

alt

कोसी प्रदेश नामकरणको विरोधमा आन्दोलनरत पहिचान पक्षधरहरूले इटहरी उपमहानगरपालिकाको गेटमा लगाएको ताला प्रहरीले तोडेको छ । पुनः प्रदेशको नामकरण हुनुपर्ने माग राख्दै बुधबार (आज) इटहरी उपमहानगरको गेटमा संघर्ष समितिले तालाबन्दी गरेको थियो । गेटमा लगाएको ताला प्रहरीसहित नगर प्रहरीहरूले तोडेका छन् ।

प्रहरीले ताला तोडेर थुनिएका सेवाग्राहीहरूलाई बाहिर निकालेको थियो । भित्रै थुनिएका प्रहरीले पर्खाल नाघेर बाहिर निस्किएर ताला तोडेका थिए ।

कोसी प्रदेश नामकरणको विषयलाई लिएर इटहरी उपमहानगरपालिकामा तालाबन्दी गरेका थिए । पुनः प्रदेशको नामकरण हुनुपर्ने माग राख्दै बुधबार ९आज० इटहरी उपमहानगरको गेटमा संघर्ष समितिले तालाबन्दी गरेको हो ।

‘पहिचान विरोधी होशियार,’ ‘पहिचान मेट्न पाइदैँन,’ ‘प्रदेशको नाम खारेज गर’ जस्ता नारा लगाउँदै उपमहानगरमा तालाबन्दी गरिएको हो । १ नं। प्रदेश पुनः नामकरण संघर्ष समितिले इटहरीमा एक कार्यक्रमको आयोजनापछि उपमहानगरमा तालाबन्दी गरेको हो ।

सम्बन्धित समाचारहरु
ओलीको गृहनगरमा बाले ...

झापा । काठमाडौं महानगरपालिकाका मेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले फाग ...

सुनसरीको भोक्राहनरसि ...

सुनसरीको भोक्राहनरसिंह गाउँपालिका–स्थित फुलचोकमा बिहीबार बिहान ट्रक दुर्घटना हुँदा ५ जनाको मृत ...

पेट्रोल छर्किँदा हि ...

इटहरीका लालबहादुर पौडेललाई प्रहरीले पक्राउ गरेर ७ दिनको म्याद थप गरेको छ । एनआइसी एसिया बैङ्क लिमिटे ...

दोस्रो तरहरा गोल्डकप ...

इटहरी । दोस्रो तरहरा गोल्डकपको दोस्रो खेलमा पानबारी फुटबल क्लब धरान विजयी भएको छ । बेलका यूथ क्लब उद ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]