• चैत १५, २०७९
  • जुनकिरी खबर

इटहरी उपमहानगरको गेटमा लगाइएको ताला सुरक्षाकर्मीले तोडे

alt

कोसी प्रदेश नामकरणको विरोधमा आन्दोलनरत पहिचान पक्षधरहरूले इटहरी उपमहानगरपालिकाको गेटमा लगाएको ताला प्रहरीले तोडेको छ । पुनः प्रदेशको नामकरण हुनुपर्ने माग राख्दै बुधबार (आज) इटहरी उपमहानगरको गेटमा संघर्ष समितिले तालाबन्दी गरेको थियो । गेटमा लगाएको ताला प्रहरीसहित नगर प्रहरीहरूले तोडेका छन् ।

प्रहरीले ताला तोडेर थुनिएका सेवाग्राहीहरूलाई बाहिर निकालेको थियो । भित्रै थुनिएका प्रहरीले पर्खाल नाघेर बाहिर निस्किएर ताला तोडेका थिए ।

कोसी प्रदेश नामकरणको विषयलाई लिएर इटहरी उपमहानगरपालिकामा तालाबन्दी गरेका थिए । पुनः प्रदेशको नामकरण हुनुपर्ने माग राख्दै बुधबार ९आज० इटहरी उपमहानगरको गेटमा संघर्ष समितिले तालाबन्दी गरेको हो ।

‘पहिचान विरोधी होशियार,’ ‘पहिचान मेट्न पाइदैँन,’ ‘प्रदेशको नाम खारेज गर’ जस्ता नारा लगाउँदै उपमहानगरमा तालाबन्दी गरिएको हो । १ नं। प्रदेश पुनः नामकरण संघर्ष समितिले इटहरीमा एक कार्यक्रमको आयोजनापछि उपमहानगरमा तालाबन्दी गरेको हो ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]