• चैत १६, २०७९
  • जुनकिरी खबर

सगरमाथा क्षेत्र भ्रमणमा आएका जापानिज नागरिक बेपत्ता

alt

सगरमाथा क्षेत्र भ्रमणमा आएका एक जापानिज नागरिक एक सातादेखि बेपत्ता भएका छन् । सोलुखुम्बुको सदरमुकाम सल्लेरी हुँदै खुम्बु क्षेत्र प्रवेश गरेका जापानिज पुरुष नागरिक ५४ वर्षका हितोशी इशिबा चैत्र ८ गतेबाट बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । 

कार्यालयका सुचना अधिकारी प्रहरी निरीक्षक रामकिशोर शाहका अनुसार गाइडबिना एक्लै भ्रमणमा आएका इशिबा १२ गते खुम्बु पासाङ्ल्हामु गाउँपालिका ५ नाम्चे चेकपोष्टमा इन्ट्री भएको देखिएको छ । 

सोही रात खुम्बु पासाङ ल्हामु गाउँपालिका ४ स्थित छुकुम रिसोर्टमा बास बसेका उनी चैत्र १३ गते त्यहाँबाट खुम्बिलापासबाट लोबुचे जान्छु भनी हिंडेको खुल्न आएको छ । उनी सम्पर्कविहीन भएको खबर दुतावास मार्फत प्रहरीमा आएको बताइएको छ ।  अस्थायी प्रहरी चौकी दिङ्बुचेबाट खटिएको प्रहरी र स्थानीयले उनको खोजीलाई तीव्र पारेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । 

सम्बन्धित समाचारहरु
ओलीको गृहनगरमा बाले ...

झापा । काठमाडौं महानगरपालिकाका मेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले फाग ...

सुनसरीको भोक्राहनरसि ...

सुनसरीको भोक्राहनरसिंह गाउँपालिका–स्थित फुलचोकमा बिहीबार बिहान ट्रक दुर्घटना हुँदा ५ जनाको मृत ...

पेट्रोल छर्किँदा हि ...

इटहरीका लालबहादुर पौडेललाई प्रहरीले पक्राउ गरेर ७ दिनको म्याद थप गरेको छ । एनआइसी एसिया बैङ्क लिमिटे ...

दोस्रो तरहरा गोल्डकप ...

इटहरी । दोस्रो तरहरा गोल्डकपको दोस्रो खेलमा पानबारी फुटबल क्लब धरान विजयी भएको छ । बेलका यूथ क्लब उद ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]