• चैत १६, २०७९
  • जुनकिरी खबर

सगरमाथा क्षेत्र भ्रमणमा आएका जापानिज नागरिक बेपत्ता

alt

सगरमाथा क्षेत्र भ्रमणमा आएका एक जापानिज नागरिक एक सातादेखि बेपत्ता भएका छन् । सोलुखुम्बुको सदरमुकाम सल्लेरी हुँदै खुम्बु क्षेत्र प्रवेश गरेका जापानिज पुरुष नागरिक ५४ वर्षका हितोशी इशिबा चैत्र ८ गतेबाट बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । 

कार्यालयका सुचना अधिकारी प्रहरी निरीक्षक रामकिशोर शाहका अनुसार गाइडबिना एक्लै भ्रमणमा आएका इशिबा १२ गते खुम्बु पासाङ्ल्हामु गाउँपालिका ५ नाम्चे चेकपोष्टमा इन्ट्री भएको देखिएको छ । 

सोही रात खुम्बु पासाङ ल्हामु गाउँपालिका ४ स्थित छुकुम रिसोर्टमा बास बसेका उनी चैत्र १३ गते त्यहाँबाट खुम्बिलापासबाट लोबुचे जान्छु भनी हिंडेको खुल्न आएको छ । उनी सम्पर्कविहीन भएको खबर दुतावास मार्फत प्रहरीमा आएको बताइएको छ ।  अस्थायी प्रहरी चौकी दिङ्बुचेबाट खटिएको प्रहरी र स्थानीयले उनको खोजीलाई तीव्र पारेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]