कोसी प्रदेश नामकरणको विषयलाई लिएर पहिचानबादीहरूले हिंसात्मक आन्दोलन गर्न थालेका छन् । शुक्रबार इटहरी २० नं. वडा कार्यालयमा तोडफोड गरिएको छ । कार्यबाहक वडाध्यक्ष तनुज गुरुङका अनुसार तालाबन्दी गर्न आएकाहरूसँग छलफल भइरहँदा वडा कार्यालमा तोडफोड गरिएको हो ।
बाक्लो संख्यामा भेला भएका पहिचान पक्षधरहरूले वडा कार्यालयका सिसा तोडफोडसँगै डिजिटल बोर्ड समेत तोडफोड गरेका छन् । यस्तै, तरहरा प्रहरी चौकीको गाडी समेत तोडफोड गरिएको छ । ना १ झ ६२० नं. को प्रहरीको गाडी तोडफोड गरिएको हो ।
वडा कार्यालयमा पुुग्नेबित्तिकै आन्दोलनकारीहरूले प्रहरीको गाडी तोडफोड गर्न थालेका हुन् । ढुंगामुढाले प्रहार हुँदा केही प्रहरीहरूसमेत घाइते भएका छन् ।
पछिल्लो समय प्रदेशको नाम पहिचानको आधारमा राखिनुपर्ने भन्दै पहिचान पक्षधरहरूले आन्दोलनका गतिविधिमा सक्रिय हुन थालेका छन् ।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved