• चैत १८, २०७९
  • जुनकिरी खबर

लाजेहाङलाई शहिद घोषणा गर्न माग

alt

कोशी प्रदेश नामाङ्कन खारेजी र पुनः नामकरणको आन्दोलनमा साथै रहेका किरात राई यायोक्खा र किरात याक्थुङ चुम्लुङ सुनसरी जिल्ला समितिले शनिवार संयुक्त विज्ञप्ति जारी गर्दै लाजेहाङ पदम लिम्बुलाई शहिद घोषणा गर्न माग गरेको छ ।

विज्ञप्तिमा ‘चैत ५ गते विराटनगरको शान्तिपूर्ण आन्दोलनको क्रममा प्रहरीको दमनबाट शहादत प्राप्त गर्नु भएका पदम लिम्बु (लाजेहाङ)प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मृतकलाई तुरुन्त शहिद घोषणा गरियोस् भन्ने माग गर्दै’ आन्दोलनको क्रममा घाइते भएकाहरूको स्वास्थ्य लाभको कामना गरिएको छ ।

विज्ञप्ति यायोक्खा सुनसरी जिल्ला अध्यक्ष राजेन्द्र राई र किरात याक्थुङ चुम्लुङ जिल्ला अध्यक्ष मोहनकुमार हुक्पाचोङबाङले संयुक्त हस्ताक्षरमा जारी गरेको हो ।

पुनः नामकरण आन्दोलनका एक अगुवा अमर इजमले भने ‘यायोक्खा र चुम्लुङ एकमत नभएको भन्दै अहिले पनि कोशी नाम खारेजी र पुनः नामकरणको आन्दोलनलाई भाँड्न खोज्नेहरूलाई संयुक्त वक्तव्यले बज्र मुक्का हानेको छ ।’

पहिचान सहितको नामका विषयमा यायोक्खा र चुम्लुङ बिच यसअघि पनि सहमति भएको बताउँदै भने ‘त्यो सहमति भएको थाहा पाएरै प्रदेश सरकारले षडयन्त्रपूर्ण छापामार शैलीमा नामाङ्कन गरेको हो ।’ संयुक्त आन्दोलन सशक्त भएर अघि बढेको बेला पहिचान विरोधीहरूलाई संयुक्त विज्ञप्तिले कडा जवाफ दिएको उनले बताए ।

विज्ञप्तिमा आन्दोलनका घोषित कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने सबै पक्षलाई आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गरिएको छ । साथै भावी दिनमा १ नं.प्रदेशको पहिचानको आधारमा नामाङ्कन नभइञ्जाल आन्दोलन जारी रहने हुनाले उक्त कार्यक्रमलाई हरतरहले सहयोग गरिदिन अनुरोध गरिएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]