• चैत १८, २०७९
  • जुनकिरी खबर

पुर्वराजा ज्ञानेन्द्र शाहलाई इनरुवामा नागरिक अभिनन्दन गरिने

alt

पुर्वराजा ज्ञानेन्द्र शाहलाइ सुनसरीको इनरुवामा नागरिक अभिनन्दन गरिने भएको छ । नेपालमा गणतन्त्र स्थापना पश्चात पहिलो पटक पूर्व राजालाई नागरिक अभिनन्दन गरिने शनीवार इटहरीमा  आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

पुर्वराजा ज्ञानेन्द्र शाहलाइ गरीन लागेको नागरिक अभिनन्दनका विषयमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा यही चैत्र २० गते पूर्वाञ्चल क्षेत्रीय नागरिक अभिनन्दन मुल आयोजक समिती इनरुवा सुनसरीले अभिनन्दन कार्यक्रम आयोजना गर्ने भएको जनाइएको हो ।

इनरुवा स्थित जेल फिल्डमा दिउसो २ बजे अभिनन्दनको कार्यक्रम रहेको जनाइएको छ । पूर्वका नागरीकहरुद्धारा पूर्व राजा ज्ञानेन्द्र लाई अभिनन्दन गर्ने कार्यक्रममा १ हजार १ जनाको मुल तयारी समिती गठन गरेर कार्यक्रमको तयारी अन्तिम चरणमा पु¥याइएको पूर्व शिक्षा मन्त्री केशर बहादुर विष्टले जानकारी दिए ।

राजसंस्थामा विश्वास राख्ने क्षेत्र,दल ,सङ्घ सङ्गठनमा आबद्ध व्यक्तिहरूको उपस्थिति रहनुका साथै अन्य राजनैतिक दलका प्रतिनिधीहरुको पनि उपस्थिति रहने उनले बताएका छन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]