• चैत २०, २०७९
  • जुनकिरी खबर

खाम्दाके यातायातका शेयर होल्डर फरार

alt

इटहरीको खाम्दाके यातायात प्रालिका शेयर होल्डर मध्येका एक जना विकास खत्री भनेर चिनिने कृष्ण बहादुर खत्री फरार भएपछि कम्पनीका अन्य शेयर होल्डर बैँकको निशानामा परेका छन् । 

इटहरी उपमहानगरपालिका वडा नम्बर १ बस्ने विकास खाम्दाके यातायात प्रालिको ५ जना सेयर सदस्य मध्ये एक हुन । कम्पनीको सेयर होल्डर भएपछि विराटनगरदेखि वीरगञ्ज रुटको को १ ख ६६९१ नम्बरको बस आफ्नै नीजि बनाएर चलाउँदै आएका विकासले गाडीको फाइनान्स भने कम्पनीको नाममा गरेका थिए । 

आफँै चलाउने , नाफा  पनि आफैँ खाने र घाटा पनि आफैँ बेहोर्ने शर्तमा गाडी चलाउन थालेका विकासले लामो समय गाडीको आम्दानी लिए तर बैँकको किस्ता भने तिरेनन् । कम्पनीका सेयर होल्डर खगेन्द्र खत्रीले विकासको व्यवहारले आफुहरु आजित भएको बताए । 

कम्पनीले दुर्घटना ग्रस्त गाडीको लागि क्षतिपुर्ती र उपचार लगायतका प्रयोजनमा साढे ८ लाख भन्दा बढि रकम खर्च गरिसक्दा पनि विकास भने सम्पर्कमा नआएको अन्य सेयर होल्डरहरु बताउँछन्  । दुर्घटना ग्रस्त गाडी अहिले लालगढको बाटोमै अलपत्र भएको सेयरहोल्डरहरुको भनाई छ । दुर्घटनाको फायल ढल्केबर प्रहरीसँग रहेको पाइएको छ । 

गाडी खरिद गरेको कम्पनीले पनि अहिले पैसाको लागि ताकेका गरिरहेको र बैँकले समेत कम्पनीलाई कालो सुचिमा राख्ने खतरा बढेको सेयर होल्डरहरु बताउँछन् 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]