• चैत २३, २०७९
  • जुनकिरी खबर

मोरङमा एसईई दिँदै गरेका ११६ जना नक्कली परीक्षार्थी पक्राउ

alt

मोरङका विभिन्न विद्यालयबाट एसईई परीक्षा दिँदै गरेका १ सय १६ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्।  जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता रञ्जनकुमार दाहालका अनुसार मोरङको ग्रामथान गाउँपालिकास्थित सरस्वती माविमा ५२,केराबारी गाउँपालिकास्थित सार्वजनिक माविमा ४४ र सुन्दरहरैंचा नगरपालिकास्थित जनता माविमा २० जना परीक्षा दिइरहेका नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको हो । 

बुधबार मोरङको ग्रामथानस्थित सरस्वती माविमा १ युवतीलाई नक्कली परीक्षार्थीका रुपमा पक्राउ परेपछि प्रहरी र मोरङको शिक्षा विकास तथा समन्वय ईकाइले परीक्षामा निगरानी बढाएको छ।

प्रहरीका प्रवक्ता दाहालका अनुसार प्रहरीले बुधबारबाटै परीक्षा भइरहेको केन्द्रमा सुक्ष्म ढंगबाट आफ्नो निगरानी बढाउने क्रममा नक्कली विद्यार्थी पक्राउ गरेको हो । यससँगै परीक्षा दिन लगाउन गिरोह नै सक्रिय भएको हुनसक्ने आशंकाबाट  प्रहरीले अनुसन्धान सुरू गरेको उनले बताए । 

बुधबार खुल्लातर्फ विज्ञानको परीक्षामा नक्कली विद्यार्थी पक्राउ परेसँगै बिहीबार सामाजिक शिक्षाको परीक्षा दिने क्रममा यति ठूलो संख्यामा नक्कली विद्यार्थी पक्राउ परेका हुन् । मोरङका शिक्षा विकास तथा समन्वय ईकाइका प्रमुख टंक गौतमले परीक्षा दिएका र पक्राउ परेकालाई कानुनी कारबाही हुने जानकारी दिए ।

पक्राउ गरिएका अधिकांश विद्यार्थीको प्रवेश पत्रमा नाम सही भएपनि फोटो उप्काएर नक्कली विद्यार्थीले परीक्षा दिँदै आएको खुलेको उनले बताए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]