• चैत २४, २०७९
  • जुनकिरी खबर

नक्कली परीक्षार्थी छुटाउन नेताहरूको दबाब

alt

एसईई परीक्षामा सामेल भएका नक्कली परीक्षार्थी छुटाउन नेताहरूले दबाब दिन थालेका छन । बुधवार र बिहीवार प्रहरीले मोरङका ३ विद्यालयबाट २०१  नक्कली परीक्षार्थीलाई नियन्त्रणमा लिएको थियो । केराबारी गाउँपालिकामा रहेको सार्वजनिक मावि परीक्षा केन्द्रबाट सबैभन्दा बढी १२७ जना, झोराहाटस्थित सरस्वती मावि केन्द्रबाट ५२ जना र सुन्दरहरैचाको जनता मावि केन्द्रबाट २० जनालाई प्रहरीले बिहीवार नियन्त्रणमा लिएको थियो ।  बुधवार सरस्वती मावि केन्द्रबाट २ जना पक्राउ परेका थिए ।

ती परीक्षार्थीहरूलाई छुटाउन सभामुख देवराज घिमिरेको सचिवालयबाट  दबाब आएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख इन्सपेक्टर उदयशमशेर जबराले  बताए । साथै संघीय लिम्बूवान मञ्चका अध्यक्ष कुमार लिङ्देनले पनि फोन गरेर नक्कली परीक्षार्थी छुटाउन दबाब दिएको प्रहरीको भनाइ छ ।

पक्राउ परेका परीक्षार्थीहरू पहिचानको आन्दोलन पक्षधर रहेको र उनीहरूलाई नछाड्दा आन्दोलनमा प्रभाव पर्ने भन्दै लिङ्देनले राति अबेरसम्म पनि दबाब दिएको प्रहरी स्रोतको दाबी छ । केही नलागेपछि अन्तिममा माथिबाट फोन आउँछ भन्दै उनी प्रहरी कार्यालयबाट बाहिरिएको प्रहरी अधिकारीहरू बताउँछन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]