• साउन ३०, २०७६
  • जुनकिरी खबर

इलाम बसपार्कको निर्माण कार्य गुणस्तरहीन

alt

 निर्माण कार्य गुणस्तरहीन भएपछि इलाम सदरमुकाममाको नयाँ बसपार्क  सञ्चालनमा आउन सकेको छैन । अहिलेको बसपार्क साँघुरो भएर निर्माण गरिएको नयाँ बसपार्कको संरचना नै गुणस्तरहीन भएपछि पार्किङको समस्या यथावत् रहने भएको हो ।

पुरानो बसपार्कमा सवारी चाप थेगिनसक्नु भएपछि इलाम नगरपालिका–९ सेरामा २०६८ सालदेखि नयाँ बसपार्क निर्माणको काम सुरु भएको थियो ।

सोही बहुप्रतीक्षित बसपार्कको संरचना मापदण्डविपरीत भएपछि पार्किङको सास्ती तत्काल नहट्ने देखिएको हो ।

बसपार्कमा निर्मित नयाँ भवनको पिलरमैै समस्या देखिएको सघन शहरी तथा भवन निर्माण आयोजना झापा, फिल्ड कार्यालय इलामका इञ्जिनियर सुदीप झाको भनाइ छ ।

पिलरको भेलोसीटी मेथर्डअन्तर्गत परीक्षणका लागि प्रयोगशालामा पठाइएको र रिपोर्ट आएपछि कारबाहीका अन्य प्रक्रिया अगाडि बढ्ने कार्यालयले जनाएको छ ।

बसपार्कको प्रारम्भिक परीक्षणका क्रममै पिलर निर्माणमा मापदण्ड नपुर्‍याई कमसल सामग्रीको प्रयोग भएको बताइएको छ ।

बसपार्कको कालोपत्रे सडक र सोलार बत्तिसमेत निर्माण पूरा नहुँदै बिग्रिएका छन् ।

यता इलाम नगरपालिकाका प्रवक्ता ठाकुरनारायण श्रेष्ठ भने इलाम बजारमा गाडी पार्किङमा ठूलो समस्या भएकाले समस्या समाधान गरेर भए पनि नयाँ बसपार्क छिट्टै सञ्चालन हुनुपर्ने धारणा राख्छन् ।

विरुवा भगवती जेभीले मेची राजगर्मादेखी बसपार्कसम्म कालोपत्रे कार्य, सर्टिङ र शौचालय निर्माण गर्ने गरी २०७३ सालमा  एक करोड आठ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।

पटकपटक म्याद थपे पनि काम अझै पूरा गर्न सकेको छैन ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]