• चैत २६, २०७९
  • जुनकिरी खबर

कोशी पुन: नामांकन संघर्ष समितिले चेतावनीसहित बुझायो ज्ञापनपत्र

alt

कोशी प्रदेश पुनः नामांकन संयुक्त संघर्ष समितिले सभामुख बाबुराम गौतमलाई आइतबार अल्टिमेटमको रुपमा ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमार्फत् उनीहरूले तत्काल पुन: नामकरण गर्नुपर्ने चेतावनी दिएका छन् ।

साथै पुन: नामकरण नगरे उनीहरूले आन्दोलन गर्ने चेतावनी दिएका छन् । पहिचानसहितको पुनः नामकरण तत्काल नगरिए जीवनमरणको आन्दोलनमा उत्रिने र त्यसको सम्पूर्ण जिम्मेवारी कोशी प्रदेशको पक्षमा मतदान गर्ने सांसद, सभामुख, मुख्यमन्त्री र एमाले, कांग्रेस, माओवादी केन्द्र र राप्रपाले लिनुपर्ने पत्रमा उल्लेख छ ।

प्रदेश स्थापनाको ५ वर्षपछि ९३ सदस्यीय प्रदेशसभाबाट ८२ सांसदको समर्थनमा फागुन १७ गते प्रदेश १ लाई कोशी प्रदेश नामकरण गरिएको थियो । तर त्यसयता पहिचानवादी संगठनहरूले निरन्तर आन्दोलन गर्दै आएका छन् ।

कोशी नामकरणप्रति आपत्ति जनाउँदै गरिएका प्रदर्शनको क्रममा एक जनाको मृत्यु हुनुका साथै दर्जनौं मानिस घाइते भएका छन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]