• चैत २९, २०७९
  • जुनकिरी खबर

इटहरीमा अत्याधुनिक भेटेरिनरी अस्पताल बन्दै

alt

इटहरी उपमहानगरपालिका वडा नम्बर ८मा भेटरिनरी अस्पताल निर्माणका लागि उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेलले एक कार्यक्रमका विच शिलान्यास गरेका हुन ।

शिलान्यास कार्यक्रमका प्रमुख अतिथी नगरप्रमुख पौडेलले इटहरीको माथिल्लो भाग सुनसरी क्षेत्र नम्बर २ तर्फ पनि अर्काे यस्तै भेटरिनरी अस्पतालको आवश्यकता रहेको वताए । नगरप्रमुख पौडेलले कृषि र पशु पालन हाम्रो प्रमुख व्यवसाय हो यसले हामीलाई बचाएको छ भन्दै कृषि र पशु पालनमा जोड समेत दिए ।

तीन तलाको भवन निर्माणका लागि शिलान्यास गरिएको हो । सो भेटरिनरी अस्पतालमा पशु सम्वन्धी विभिन्न उपचारहरु कृतिम गर्भधारण ,बन्धाकरण ,सजिकल , ल्याव सेवा समेत सञ्चालन गरिने अस्पतालका प्रमुख पशु चिकित्सक दुर्गावहादुर श्रेष्ठले  सप्तकोशी अनलाइनलाई जानकारी दिए ।

तीन तला निर्माण गरिने सो अस्पतालको पहिलो तलामा विभिन्न प्रयोजनका लागि ७ कोठा , दोस्रो तलामा पनि ७ कोठा र तेस्रो तलामा ३ कोठा रहने जानकारी गराइयो । त्यसैगरी निर्माण कार्य प्रयास सोलुसन एण्ड विल्डर्सले मुल्य अभिवृद्धि कर सहित १ करोड ७२लाख १३हजार ३सय ९५ रुपैया लागतमा निर्माण गर्ने छ । कार्यक्रममा निर्माणको जिम्मा पाएको निर्माण कम्पनीका प्रतिनिधि नविन सिहं ठकुरीले आफुहरुले गुणस्तरिय काम गर्ने र त्यसको अनुगमन र निरीक्षण समयसमयमा गर्न नगरवासीलाई आग्रह समेत गरे । कार्यपालिका सदस्य दिपा राईको अध्यक्षतामा भएको थियो ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]