• वैशाख २, २०८०
  • जुनकिरी खबर

वैशाख १० गतेबाट पूनः नामकरण नभए आन्दोलन हुने

alt

कोशी नाम खारेजी, पूनः नामकरण आन्दोलनको बारेमा प्रदेश सरकार र प्रदेश सभाले वैशाख १० गते भित्र सम्बोधन नगरेमा ११ देखी १४ गते सम्म विराटनगर केन्द्रित आन्दोलन गरिने भएको छ ।
 
प्रदेश १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिको शुक्रवार बैठकको बैकले उक्त निर्णय गरेको हो । बैठकमा सहभागी प्रमुख घटक सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सुनसरी जिल्ला अध्यक्ष अमर इजमले भर्चुअल बैठकले उक्त निर्णय गरेको बताए ।
 
यसअघि सङ्घर्ष समितिले प्रदेश सरकार र प्रदेश सभालाई वैशाख १० सम्मको अल्टिमेटम दिएको छ । उक्त अल्टिमेटमलाई पुनः स्मरण पत्र दिने निर्णय पनि भएको छ ।
वैशाख १० सम्म जिल्लाहरूमा क्षेत्रीय आमसभा गर्ने त्यस अवधिमा पनि आन्दोलनलाई सम्बोधन नगरिए  वैशाख ११ देखी १४ सम्म विराटनगर केन्द्रित आन्दोलन गर्ने निर्णय भएको हो ।  
 
इजमका अनुसार बैठकले सहिद पदम लिम्बु लाजेहाङको शवलाई वैशाख १५ गते भित्र ससम्मान अन्त्येष्टि गर्ने निर्णय पनि गरेको छ । त्यस अघि विराटनगर केन्द्रित दबाब आन्दोलन सशक्त बनाउने कार्यक्रम तर्जुमा गरिने छ । 
आन्दोलनलाई थप प्रभावकारी र व्यवस्थित बनाउन ‘पहिचानको लागि युवा’ यूथ फर आइडेन्टिटि  नामक युवा समूह गठन र परिचालनलाई तीव्रता दिने निर्णय पनि बैठकले गरेको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]