• वैशाख ७, २०८०
  • जुनकिरी खबर

धरानका मेयर साम्पाङले मागे वडाध्यक्षहरूको राजीनामा

alt

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले कर्तव्य पूरा नगरेको भन्दै केही वडाध्यक्षहरूलाई राजीनामा दिन चेतावनी दिएका छन् ।

क्रबार एक निर्देशनात्मक विज्ञप्ति जारी गर्दै उनले वडाध्यक्षहरूले पार्टीको ह्वीपलाई जनताको हितभन्दा ठूलो मानेर विकासे बैठकहरू वहिष्कार गरेको भन्दै खेद जनाएका छन् ।

बैठकमा आउन आग्रह गर्दै उनले लेखेका छन्, ‘हामी कार्यपालिकामा रहने सबैका लागि कार्यपालिका बैठक बस्नै पर्ने हामी सबैको कर्तव्य हो । यो कसैको अधिकार, रहर या चाहनाको कुरा होइन यो वाध्यकारी कर्तव्य रहेको कुरा बोध गराउन चाहन्छु । कसैले ‘म बैठक बस्दिन’ भन्न पाइँदैन त्यसैले कर्तव्य पूरा नगरेको र जनताको काम गर्न असक्षम भएको घोषणा गर्दै बैठक बहिष्कार गर्ने जति सबैले नैतिकताको आधारमा तुरुन्तै राजीनामा दिएर बाटो प्रशस्त बनाई आम धरानबासी जनता र लोकतन्त्रलाई सहयोग गर्न अनुरोध छ ।’

‘विगत केही महिना देखि विना कुनै खास कारण पटक(पटक कार्यपालिका बैठक बहिष्कार गरेर जनादेशको अपमान गर्दै जनताको सुशासन र विकास पाउनु पर्ने अधिकारमाथि खेलबाड गरिरहेको र आफ्नो कर्तव्य पूरा नगरेको अवस्था अवगत गराउन यो विज्ञप्ति जारी गर्न बाध्य भएको छु’, साम्पाङले भनेका छन् ।

उनले लेखेका छन्, ‘स्थानीय सरकार सञ्चालन ऐन २०७४ को धारा १६ ९कार्य विभाजन र कार्य सम्पादन० को उपधारा ४ क ९नगर प्रमुखको काम कर्तव्य र अधिकार० को ६ मा प्राप्त कार्यपालिकाको कामलाई रेखदेख, निर्देशन र नियन्त्रण गर्ने अधिकारलाई प्रयोग गर्दै जनताको गरिमामय कार्यपालिका बैठकमा असभ्य, अशिष्ट र अमर्यादित भाषा शैली प्रयोग गर्ने भाँडभैलो मच्चाउनेलाई स्पष्टीकरण माग्दा अन्यथा मान्नु पर्ने कुनै कारण छैन साथै धरान उपमहानगरपालिकाको बैठक सञ्चालन कार्यविधि २०७४ को धारा १४ को उपधारा १ को बैठकलाई सुव्यवस्थित गर्ने अधिकार प्रयोग गरेको हुँ ।’

मेयर साम्पाङले समन्वय र सहमतिविना आफूखुसी काम गरेको । बैठकमा कसैलाई आफ्ना कुरा राख्न नदिएको भन्दै एक महिनाभन्दा बढी समयदेखि वडाध्यक्षहरू आन्दोलित छन् । स्वकीय सचिवले निर्देशनात्मक पत्र पठाएको भन्दै चैत पहिलो साता वडा अध्यक्षसहित २८ जना कार्यपालिका सदस्यले मेयरलाई माफी माग्न अल्टिमेटम दिएका थिए ।

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]