• वैशाख ७, २०८०
  • जुनकिरी खबर

तराईका जिल्लामा तातो हावा चल्ने, सचेत हुन सरकारको आग्रह

alt

सरकारले गर्मी बढेसँगै तराईका जिल्लाहरूमा तातो हावा वा ‘लु’ चल्नसक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लुले स्वास्थ्यमा प्रतिकुल असर पार्नसक्ने भन्दै सचेत रहेर सुरक्षाका उपायहरू अपनाउन बिहीबार एक सूचनामार्फत अनुरोध गरेका छ । ‘जल तथा मौसम विज्ञान विभागले तापक्रम बढेसँगै तराईका जिल्लाहरूमा तातो हावा लु चल्न सक्ने सम्भावना रहेको उल्लेख गरेको र यसले स्वास्थ्यमा असर पार्न सक्ने भएकाले सचेत रही सुरक्षाका उपायहरू अपनाउन अनुरोध गर्दछौँ’, मन्त्रालयले भनेको छ । मन्त्रालयका अनुसार लु लाग्दा हृदयको गति तीव्र हुन्छ भने श्वासप्रश्वास र रक्तचाप कम हुनेगर्छ । यस्तै शरीरबाट पसिना ननिस्कने, चक्कर लाग्ने, अचेत हुने जस्ता लक्षण पनि देखिन्छ ।

लु को कारण शरीरको तापक्रम १०४ डिग्री फरेनहाइट भन्दा बढी हुने, छाला सुक्खा, रातो र तातो हुने जस्ता असर पनि लु लाग्दा देखिने मन्त्रालयको भनाइ छ । तातो हावा वा लुबाट जोगिन दिउँसो घरबाट बाहिर ननिस्कन, फलफूलको रस र प्रशस्त पानी पिउन मन्त्रालयले अनुरोध गरेको छ ।

यस्तै धेरै पसिना आएमा कहिलेकाहिँ जीवनजल पिउन, बाहिर निस्कनै परे पातलो कपडाले टाउको छोप्न वा छाता ओढ्न, चिसो पानीले नुहाउन, मदिरा सेवन नगर्न, चिया, कफी, सोडा जस्ता पेयपदार्थ नपिउन मन्त्रालयले आग्रह गरेको छ । क्याफिनले धेरै पिसाब गराउने भएकाले चिया, कफी, सोडा जस्ता पेय पदार्थ पिउन नहुने मन्त्रालयको भनाइ छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]